२९ भदौ,काठमाडौं ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आगामी असोज ७ गते ‘राष्ट्रिय प्रचार भेला- २०७९’ को आयोजना गर्ने भएको छ।राष्ट्रिय युवा संघ नेपालको भाद्र २८ मा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले असोज ७ मा प्रचार भेला गर्ने निर्णय गरेको थियो।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भेलामा विविध बिषयगत प्रशिक्षण र विशेष योजना तर्जुमा सहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा पार्टी र संगठनको प्रभावकारी प्रचारप्रसार अभियान केन्द्रीत महत्वपूर्ण योजनामा छलफल हुने जानकारी प्राप्त भएको छ।
राष्ट्रिय युवा संघले भेलामा उपस्थितिको लागि प्रदेश देखि पालिका तहसम्मका प्रचार बिभाग र साईवर सर्कल विभागका राष्ट्रिय भेला प्रतिनिधिहरुको नामावली असोज ४ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउनको लागि मातहतको कमिटीहरुलाई सर्कुलर जारी गरेको छ।
यसबिचमा प्रत्येक प्रदेश,जिल्ला र पालिका तहसम्म प्रचार विभाग गठन गर्ने वा प्रमुख उपप्रमुख तोक्ने,मिडिया समन्वय,समाचार लेखन,सम्प्रेषण आदिमा,अनुभव,रुचि र दक्षता भएका युवाहरूलाई प्रचार बिभागमा र ईन्टरनेट,सामाजिक संजालमा सक्रिय,अनुभव,रुचि र दक्षता भएका युवाहरूलाई साईवर सर्कल विभागमा समेट्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको सर्कुलरमा उल्लेख गरिएको छ।
भेलामा प्रदेश कमिटीबाट,प्रचार र साईवर सर्कल विभागको प्रमुख सहित ९ जना । जिल्ला कमिटीहरु बाट जिल्ला अध्यक्ष,प्रचार/साईवर सर्कल विभाग प्रमुख सहित ४ जना,महानगर कमिटीबाट ४ जना,नगर कमिटीबाट २ जना,प्रत्येक अन्तर जिल्ला कमिटीबाट २ जना,गाउंपालिका कमिटीबाट २ जनाका दरले प्रतिनिधिहरुको उपस्थिति रहने जानकारी सर्कुलरमा उल्लेख गरिएको छ।
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले
काठमाडौँ, असोज ५ गते । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र