आगामी निर्वाचनमा ‘एक बुथ दुई सय युथ’ परिचालन गर्ने नेता बस्नेतको घोषणा


२४ भदौ,भक्तपुर।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका फ्याक्सन इन्चार्ज माननीय महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ‘एक बुथ दुई सय युथ’ परिचालन गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश कमिटीको भेलालाई संबोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।

‘निर्वाचनको उम्मेदवारी छनौट,मतदान प्रकृया देखि मतगणना प्रक्रिया हुँदै बिजय घोषणासभा सम्म युथफोर्सको मुख्य भुमिका हुनेछ।युथफोर्स कुनैपनी कार्यमा ब्याक नहुने,गठबन्धनले सत्ताको दुरुपयोग गरेर।प्रहरी प्रशासन लगाएर आफू बलियो भएको स्थनमा हामी माथी भौतिक आक्रमण पनि गर्न सक्छन्।’

‘हामी संयामित र अनुशासित भएर जान्छौं।हामी प्रहरी प्रशासनको सहयोग लिन्छौं।प्रशासनले सहयोग दिएमा हामी त्यही ढङ्गले समस्या हल गर्छौं।यदि प्रहरी प्रशासनले सहयोग गरेन भने हामी मुखले सम्झाउछौं।मुखले सम्झाउंदा मान्ने स्थिति भएन भने हातगोडाले पनि सम्झाउन युवा संघ नेपाल तयार रहेको छ।कानुन मिचेर हामिमाथी आक्रमणनै गर्दा राष्ट्रिय युवा संघ निरीह भएर नबस्ने जनाउनु भएको छ।’

त्यस्तै,मंसिरको ४ को निर्वाचनपछि आफ्नो पार्टी नेकपा एमालेले सरकार बनाउने दावी गर्दै देशमा विकास निर्माणको कार्य हुन नदिन।भ्रष्टाचारीहरुलाई संरक्षण दिन राष्ट्रियतालाई समाप्त पार्नको लागि सत्तारुढ गठबन्धन एमालेको बिरुद्ध लागि परेको र गठबन्धनको त्यो सपना पूरा हुन नदिने पनि बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको