पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


१८भदौ,भक्तपुर ।
सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

वडा नं.-८ र भक्तपुरकै ग्रामिण भेगमा पर्ने पाटिभन्ज्याङमा संचालित स्वास्थ्य शिविरमा बालबालिका,जेष्ठ नागरिक,महिला ,अशक्त लगाएत सयौं स्थानीय नागरिकहरूले स्वास्थ्य शिविरबाट प्रत्यक्ष रुपमा लाभ लिएको वडा नं.-८ का अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो।

त्यस्तै,शहरका हस्पिटलहरुको पहुँचभन्दा टाढा रहेका जनता जसले नियमित स्वास्थ्यजाँच गर्न भ्याइरहेका छैनन्।शनिबार एकदिन छुट्टी पाउने साना-साना विद्यार्थी जो नियमित स्वास्थ्य परिक्षणको निमित्त नगर अस्पताल समेत पुग्न भ्याउंदैनन त्यस्ता नागरिक तथा बालबालिकाको निमित्त स्वास्थ्य शिविर आयोजना गरिएको निवर्तमान वडा अध्यक्ष,समाजसेवी एवं नेकपा(एमाले)का नेता किरण थापाले बताउनुभयो।स्थानीय जनताको स्वास्थ्य बारे चिन्तित नेता थापाकै बिशेश पहलमा सुर्यविनायक नगर अस्पतालको स्थापना भएको थियो।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष एवं नेकपा(एमाले)का नेता किरण थापा,वडा अध्यक्ष पुष्पराज बस्नेत,कार्यपालिका सदस्य सावित्री मिश्र,वडा सदस्य विक्रम तामाङ,अन्जना नेपाली र निवर्तमान वडा सदस्य अजय तामाङ लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)