सूर्यविनायक गणेशको जन्मोत्सवका अवसरमा खटजात्रा सम्पन्न


१६ भदौ भक्तपुर।
काठमाडौं उपत्यकाको चार विनायक मध्येको एक विनायक सुर्यविनायक गणेशको जन्मोत्सवका अवसरमा खटजात्रा सम्पन्न भएको छ।गत १५गते गणेश चतुर्थीको दिन जात्रा सम्पन्न भएको हो।

सुर्यविनायक क्षेत्र प्रवन्ध समितिको विशेष आयोजना र सुर्यविनायक युवा क्लब,सुर्यविनायक नगरपालिका वडा नं.८ र ६,स्थानीय भजन समितिहरु तथा गुठियारहरुको बिशेश सहयोगमा जात्रा सम्पन्न भएको थियो।

विविध कारणले बन्द रहेको यो जात्रा करिव ५० बर्शपछी गतवर्ष बाट संचालनमा आएको थियो।सुर्यविनायक नगरपालिकाको वडा नं.८ र ६ को बिशेश पहलमा सुर्यविनायक क्षेत्र प्रवन्ध समितीनै गठन गरेर यहाँको धार्मिक,सांस्कृतिक, ऐतिहासिक धरोहर र परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको सुर्यविनायक क्षेत्र प्रवन्ध समितीका अध्यक्ष एवं वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभएको छ।

सूर्यविनायकको मूल मूर्तिलाई खटमा राखी एकापसमा सिन्दुर दलेर वडा नं ८ र ६ को विभिन्न टोलको परिक्रमा गरेर जात्रा सम्पन्न भएको थियो।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभएको छ।
काठमाडौं उपत्यकाको चार विनायक मध्ये सुर्यविनायकको आफ्नै सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ।स्थानीयहरुले गणेद्यो भनेर संवोधन गर्ने गरेका छन।सुर्यविनायक गणेशको मूर्तिलाई वर्षको दुईपटक मात्रै सार्वजनिक गरेर पुजा गर्ने किम्बदन्ती रहेको छ।

गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्केट जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने सगुन जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको जात्रा व्यवस्थापन समितीका संयोजक बिष्णु राजथलाले जानकारी दिनुभएको छ ।कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको पनि विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार