अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्दै,एमाले निर्वाचन परिचालन कमिटीको बैठक सम्पन्न


१२ भदौ, काठमाडौं।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठक सम्पन्न भएको छ।अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गर्दै बैठक सम्पन्न भएको हो ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । उक्त कमिटीलाई व्यवस्थित परिचालन गर्न सचिवालय पनि गठन गरिएको छ ।
सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहने सचिव विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार सचिवालयमा आवश्यकतानुसार मनोनित गर्न सकिने निर्णय पनि केन्द्रीय कमिटी बैठकले गरेको छ ।
अध्यक्ष ओलीको संयोजकत्वमा गठन सचिवालयमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनीता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीरम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे सदस्य रहनुभएको छ ।
बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ । बैठकले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचनमा परिचालित हुने निर्णय गरेको छ ।
प्रदेशमा गठन हुने निर्वाचन परिचालन कमिटीको काम निर्वाचन अनुगमनका साथै वक्ता व्यवस्थापनको हुनेछ भने जिल्लामा गठन गरिने निर्वाचन परिचालन कमिटीले सम्पूर्ण रूपमा समग्र प्रचार कामको नेतृत्व गर्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा