नयाँ जोगिहरुलाई खरानी घस्न छोडेर विकासको मोडल सिक्न आउन नेता बस्नेतको आग्रह


११भदौ,काठमाडौं ।
नेकपा एमालेका युवा नेत एवं पुर्व मन्त्री महेश बस्नेतले नयाँ जोगिहरुलाई धेरै खरानी घस्न छोडेर विकासको मोडालिटी कसरी गर्ने भन्ने सिक्न आफुसंग आउन आग्रह गरेका छन ।आज नेपाल सोतोकान कराते संघ द्धारा संचालित बहुउद्देश्यीय न्हाकारी डोजोले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन।
वैदेशिक रोजगारी शुरु भएपछि र काठमाडौंको जमिनको मूल्य बढेपछि कि जग्गा बेचेर कि आफ्ना छोराछोरी बिदेश पठाएर तिनले कमाएर पठाएको पैसाले बनाएका घरहरू झ्याल राख्दा अलिकति नक्सा नमिलेको होला।कहिँ थोरै टपहरु अगाडी निस्किएको होला।यसलाई सच्याउने मौका दिनुपर्छ।कि क्षतिपूर्तिको ब्यवस्था गरिनुपर्छ।अन्धाधुन्ध डोजर चलाउन हुंदैन भनेर पिडितहरुको पक्षमा बोल्दा रोइलो गाउने एकाथरी मान्छेहरुलाई रोईलो गाउनुपर्ने कुनै आवश्यकता नरहेको पनि नेता बस्नेतले बताएका छन।
विकास गर्दा जनतालाई कसरी खुसि पारेर काम लिने भन्ने सवालमा नेता बस्नेतले भनेका छन।पेप्सिकोला-सल्लाघारी सडक बनाउंदा किन हामिले बाखा बजार भत्काएनौं ? किन निकोशेरा भत्काएनौं ? बाखा बजार यहाँको सम्पदा बस्ती हो।यहाँको जनताको भावना,इतिहास र गौरव जोडिएको ठाउँ हो।त्यसैले हामीले यी ठाउँहरुमा कुनै क्षतिबिनानै विकास निर्माणको काम सम्पन्न गर्‍यौं।
सम्पदा बस्तिहरुको विकास र संरक्षणको लागी विभिन्न मोडल अपनाएको उदाहरण दिंदै उनले भने त्यसको विकल्पको रुपमा सिद्धिकाली अरनिको राजमार्ग जोड्ने बाटो बनायौं।भिमशेन चोकबाट पुरानो ठिमी हुँदै मुलपानी जाने बाटो बनायौं।निकोशेरा बाट कृषिविकास तालिम केन्द्र जाने बाटो बनायौं।निकोशेरा बाट भाटभटिनी राधे-राधे जोड्ने बाटो बनाएर त्यहाँको ट्राफिक व्यवस्थापन गरेर अरनिको राजमार्गको जाम व्यवस्थापन गरेको उदाहरण दिंदै विकासको मोडालिटी कस्तो गर्ने ? नभत्काईकन,नबिगारिकन,क्षती नपुर्‍याईकन,विकास कसरी गर्ने ? भन्ने हामिसंग भएको बिसौं बर्शदेखिको अनुभव नयाँ जोगिहरुलाई सिक्न आउनको लागि पनि नेता बस्नेतले अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा