कसैको मौलिक हकलाई सनक चल्दैमा डोजर लाउन मिल्दैन,एमाले नेता बस्नेत


१०भदौ,भक्तपुर ।
नेकपा एमालेका युवा नेता एवं पुर्व मन्त्री महेश बस्नेतले सनक चल्दैमा कसैको मौलिक हक माथी डोजर चलाउन नमिल्ने बताएका छ्न।काठमाडौंको तीनकुनेमा रहेको ग्ल्यासियर कलेजले शुक्रबार बिहान गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन।
नेता बस्नेतले भनेका छन।”आज हामीले ल्याएको लोकतन्त्रमा ब्यक्तिको गोपनियताको हक संवैधानिक हक हो।सम्पत्तिको हक ब्यक्तिको संबैधानिक हक हो।उद्योग खोल्न पाउने हक ब्यक्तिको संबैधानिक हक हो।रोजजगारी दिन पाउने हक ब्यक्तिको मौलिक हक हो।ब्यक्तिको मौलिक हकलाई कसैलाई सनक चल्यो भन्दैमा डोजर चलाउन पाईंदैन।कानुन हुन्छ,समय हुन्छ र पद्धति हुन्छ”।
पुंजिवादको उपयोग गर्दै समाजवाद हुँदै।उद्योगधन्दा कलकारखानाको विकास गर्दै राष्ट्रिय पुंजिको विकास गर्ने।व्यापारघाटा कन्ट्रोल गर्ने।नेपालका बैंक तथा वित्तीय क्षेत्रहरूलाई प्रोत्साहन गर्ने मोडालिटिका कामहरू गर्नुपर्ने समयमा अहिले न माक्सवाद,न लेलिनवाद,न समाजवाद,न राष्ट्रवाद सन दुईहजार पछिका बालेन पुस्ताहरुको उदय भएर मपाईवाद सुरु भएको उनले बताएका छन।
पछिल्लो समय काठमाडौंका मेयर बालेन शाहको अराजक गतिविधि प्रती इङ्गित गर्दै उनले भनेका छन।दुईचारजना फेसबुके ट्यापेहरुको अराजकता प्रती हामिले चासो दिने भन्दा पनि ट्यापेहरुलाई सुधारगृहमा लगेर उपचार गर्न हामी सक्षम छौँ।युवाहरू जहिले पनि आशा र उर्जा जगाउने अभियानमा लाग्नुपर्छ ध्वङ्सको अभियानमा होईन।
भक्तपुरमा विकास गर्दा हामीले कसैको घरमा डोजर लगाएनौं।हामीले जनतालाई अनुरोध गर्‍यौं।जनता स्वयंले सडक छेउको आफ्नो संरचना हाटाएर हामिलाई सहयोग गरे।पांच वर्ष अघिको भक्तपुर र पांच वर्ष पछिको भक्तपुर एकपटक अनुसन्धान गर्ने हो भने नयाँ भक्तपुर कतैबाट ल्याएर राखेको जस्तो महसुस हुन्छ।त्यसैले देश बनाउंछु र विकास गर्छु भन्नेहरुलाई एकपटक भक्तपुरमा विकास कसरी भयो भनेर अध्यन गर्न पनि नेता बस्नेतले आग्रह गरेका छ्न।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक