कम्युनिस्टहरु बिच धुर्विकरण जरुरी छ – नाम्गेल मोक्तान


नेकपा मसाल दोलखाको सेक्रेटरी,वागमती क्षेत्रीयव्युरो सदस्य मसाल निकट विभिन्न जबस तथा खुल्ला मोर्चाहरुको केन्द्रिय भुमिका निर्वाह गर्दै लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय नाम्गेल मोक्तान माओवादी केन्द्रको केन्द्रिय सदस्य देखि दोलखा जिल्ला कमिटीको सह-संयोजकको भुमिका निर्वाह गरिसकेका ब्यक्ति हुन।
पछिल्लो पटक एमाले र माओवादी मिलेर बनेको नेकपा लाई अदालतले बिभाजन गरेपश्चात ओलि/बादल नेकपा तिरका केन्द्रिय सदस्य भै सकेका मोक्तान पछिल्लो चरणमा देशको मध्यभागमा छरिएर रहेका विभिन्न कम्युनिस्ट समुहहरु,शैलुङ कम्युनिस्ट लिग,तराई मधेस कम्युनिस्ट पार्टी र पुर्वको एक समुहलाई मिलाएर नेकपा (मालेमा केन्द्र) गठन गरि त्यसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए।
हाल उक्त समुहलाई पनि पुनर्गठन गरि पुनर्गठित नेकपा(मालेमा केन्द्र)को केन्द्रिय कार्यालय सदस्यको रुपमा सक्रिय मोक्तान कम्युनिस्ट आन्दोलनको विभिन्न भुमिकामा रहंदा कहिले क.उत्साह कहिले क.कार्जिनको नामले सक्रिय रहेका उनि हाल क.गर्जनको नामले नेकपा(मालेमा केन्द्र)को नेतृत्वमा रहेका छन।हाल विभिन्न कम्युनिस्ट पार्टी समुहहरु संग वार्ता संवाद गर्ने समितिको संयोजकको जिम्मेवारीमा रहेका मोक्तान संग राष्ट्रियता,जनतन्त्र,जनजीविका र पार्टी गतिविधिका बारेमा पिपुल नेपाल संगको संवादलाई प्रस्तुत गरेका छौं।
१.नेकपा मालेमा केन्द्र के गरिरहेको छ?यसको पछिल्लो गतिविधिबारे प्रष्ट पारिदिनुहोला।
हाम्रो पार्टी (मालेमा केन्द्र)को राष्ट्रिय भेलाको तयारीमा जुटेका छौँ।यसबीचमा हामीले पार्टीको केन्द्रिय समिति पुनर्गठन गर्‍यौं।हाल हामी पार्टीका तल्ला कमिटीहरु प्रदेश कमिटी,जिल्ला कमिटी,मोर्चा र संगठन गठन र पुनर्गठन गर्ने प्रक्रियामा लागेका छौँ।राष्ट्रियता संग समन्धित नगरिकता विधेक भ्रष्टाचार महङ्गी र जनजिवीकाको सवालमा अन्य कम्युनिस्ट घटक हरुसंग संयुक्त आन्दोलनमा सामेल छौँ।

२.वार्ता समितिको संयोजक आफैं हुनुहुन्छ,अन्य कम्युनिस्ट पार्टीहरुसंग वार्ता,संवाद र छलफलको प्रक्रिया कसरी अगाडि बढिरहेको छ?
वार्ता समितिको संयोजक म आफै भएकोले पुनर्गठित नेकपा(मालेमा केन्द्र)को तर्फबाट विभिन्न कम्युनिस्ट पार्टी,घटक र समुहहरु संग वार्ता र छलफलको क्रममा छौँ।हामिहरु कम्युनिस्ट पार्टीहरु बिच धुर्वीकरणको जरुरी रहेको ठहर सहित वार्ता र छलफलको प्रक्रियामा छौँ।

३.आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बारे तपाईंहरुको धारणा के हो ?
हामी राष्ट्रिय भेलाको तयारीमा छौँ ।निर्वाचन र मुलुकको वर्तमान परिस्थितिलाई हेर्दै निकट भबिस्यमा हुने भेलाले निर्वाचन बारे निर्णय गर्दै छौँ ।

४.तपाईंको पार्टीको रणनीतिक खुल्ला मोर्चा देशभक्त जनमोर्चाको केन्द्रिय अध्यक्ष पनि हुनुहुन्छ,राष्ट्रियताबारे तपाईंहरुको अवधारणा के हो ?
नेपाल राष्ट्र र नेपाली जनताको रक्षा र मुक्तिको खातिर हिजो पनि हामी देशभक्तिपुर्ण आन्दोलनहरुमै सामेल थियौं।अबका दिनहरूमा राष्ट्र र राष्ट्रियताको सवालसंग जोडिएका सम्पुर्ण न्यायपुर्ण आन्दोलनहरुमा हाम्रो उपस्थिति रहने छ।साथै देशभक्तिपुर्ण आन्दोलनमा सक्रिय राजनीतिक शक्तिहरु संग हाम्रो ऐक्यबद्धता रहने छ।

५.अन्तमा के भन्न चाहानुहुन्छ ?
हाम्रो पार्टीको बिचारहरु लाई जनता समक्ष सम्प्रेषण गर्ने मौका दिनुभएकोमा पिपुल नेपाल डटकमलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

जिल्ला न्यायाधीशकाे नियुक्ति(सूचीसहित)

 असोज  ०२, काठमाडौँ । न्यायपरिषद्को मंगलबारको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको