एमाले अध्यक्ष ओलीसंग राजदूतहरूको सामुहिक भेटवार्ता

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका,बेलायत,अष्ट्रेलिया, स्वीट्जरल्याण्ड तथा युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गरेका छन् ।

अध्यक्ष ओलीसँगको भेटघाटमा राजदूतहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनमा खेल्ने भूमिकाका विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ ।
सङ्क्रमणकालीन न्यायबारे नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनिहरुले जोड दिएका थिए ।
राजदूतहरुलाई जवाफमा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदले सबै प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको छ । प्रत्येक जिल्लामा पुगेर पीडितहरूको आवाज सुनेर मात्रै अगाडि बढ्नुपर्नेमा सत्ता गठबन्धन अहिले नै हुनुपर्छ जस्तो ढङ्गले अगाडि बढेको देखिन्छ, त्यस्तो हुन सक्दैन।
यो विषय सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र होइन यो देशकै समस्या हो। बहुमत-अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट पारेको एमाले स्रोतले जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा