मैले माओवादी किन छोडें ? -अमानसिं तामाङ,पुर्वमेयर चौतारा सांगाचोकगढी नगरपालिका।

५ भदौ,सिन्धुपाल्चोक।
नेकपा (माओवादी) केन्द्रका नेता एवं चौतारा सांगाचोकगढी नगरपालिकाका पुर्वमेयर अमानसिं तामाङले माओवादी पार्टी परित्याग गरेका छन।नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक समारोहका बिच उनी भोलि नेकपा एमाले प्रवेश गर्ने कार्यक्रमको तयारी भै रहेको छ।३८बर्श माओवादी पार्टी र आन्दोलनमा रगत पसिना बगाएका तामाङले किन माओवादी छोडे भन्ने बिषयमा हामिसंग भएको टेलिफोन संवाद हामीले जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

हिजो दश बर्शिय जनयुद्धका क्रममा माओवादी पार्टी भनेको जनजातिको पार्टी हो।दलितको पार्टी हो।महिलाको पार्टी हो।जनजातिहरुलाई हेर्ने पार्टी यहि हो।जनजातिहरुलाई हिजोको राजा महाराजाहरुले तिनओटा कुरामा बन्चित गराएका थिए।आसन,शासन र भाषण।आसन ग्रहण गर्न पाएपो भाषण गर्न पाईन्छ।भाषण गर्न पाएपो शासन गर्ने ठाउंमा पुग्न पाईन्छ।त्यसैले माओवादी पार्टी भनेको जनजातिको पार्टी हो।गरिब निमुखा क्षेत्री बाहुनहरुको पार्टी हो।जो गरिब छ।जो निमुखा छ।महिला,अल्पसंख्यक,उत्पीडित दलित सबै हेर्ने पार्टी हो भनेर माओवादीमा लागियो।
अहिलेसम्म आईपुग्दा जनजातिहरुको पार्टी होइन रहेछ भन्ने अनुभुती भयो मलाई ।किनभने सिन्धुपाल्चोक जिल्लामा ७५ प्रतिशत दलित र जनजातिहरुको संख्या रहेको छ।तर त्यत्रो दलित र जनजातिहरुको संख्या भएको स्थानमा माओवादी पार्टीको केन्द्रमा यो समुदायको तर्फबाट एकजना पनि पर्न सकेनन।त्यसैले अब हामीले त्यहाँ जनजातिहरुको मत उठाउन सक्दैनौं।भोलि जनजातिहरूले पनि प्रश्न उठाउंछन त्यस्को जवाफ दिंदै हिंड्नुभन्दा बरु आफू चुप लागेर बस्न वा नेकपा एमाले तिरै जान बेस होलाजस्तो लाग्यो।

सिन्धुपाल्चोक जिल्लामा नेकपा एमालेको चार जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ।जसमा दुईजना खस आर्यको तर्फबाट क.अरुण नेपाल र क.शरेस नेपाल हुनुहुन्छ भने तामाङको तर्फबाट क.शेरबहादुर तामाङ र क.दावा तामाङ हुनुहुन्छ।त्यसैले एमालेमा आउंदा जनतालाई प्रष्ट पार्न सकिएला भन्ने लागेर म एमालेमा प्रवेश गर्न लागेको हुं।

माओवादी पार्टी संग मेरो खास असन्तुष्टि केही छैन।मुख्य कुरो नेपालमा माओवादीनै छैन।संसारमा माओवाद खाओवादमा रुपान्तरित भएको देश नेपाल हो।त्यसको मुख्य कर्ताहरु भनेको समकालीन माओवादी नेतृत्व हो।मान्छेहरू पार्टी छोडेर जांदा गाली गर्ने सराप्ने गरेर हिंड्छन।म त्यो पनि गर्न सक्दिन हिजो ३८ बर्श लगानी गरेको पार्टी हो।मैले छोडेर गएपनी माओवादी फलोस,फुलोस,राम्रो होस भन्ने कामना ब्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको