July 9, 2022

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, विपक्षीले गरे बहिष्कार

संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।

शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् ।

बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसल किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाएकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि यी सांसदले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका छन् ।

बैठक बहिष्कार गरिएपछि सभामुख यादवले आजै १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका