धमाधम जारी हुँदै डलर कार्ड

काठमाडौँ, चैत १८ गते । नेपाल राष्ट्र बैङ्कले ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न स्वीकृति दिएपछि विभिन्न बैङ्कहरूले धमाधम ई–कार्ड सञ्चालनमा ल्याउन थालेका छन् ।
सन्राइज बैङ्कले डिजिटल बैङ्किङअन्तर्गत सन्राइज ई–कार्ड सञ्चालनमा ल्याएको जनाएकोे छ । त्यस्तै एनआईसी एसिया बैङ्कले पनि एक प्रेस विज्ञप्ति जारी गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ । यसअघि नबिल बैङ्कले यो सेवा सञ्चालनमा ल्याइसकेको छ । डलर कार्ड जारी गर्ने क्रममा ग्लोबल आईएमई बैङ्कले ‘ग्लोबल इकम डलर कार्ड’ नाम दिएर डलर कार्ड जारी गरेको छ ।
माछापुच्छ«े बैङ्कले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर पाँच बराबरको कार्ड प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) ले पनि ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ नाम दिएर सेवा सुरु गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलर बराबरको नेपाली मुद्रामा परिवर्तन गर्न सक्ने जनाएको छ ।
पाँच सय अमेरिकी डलर एक वर्षका लागि भएको भन्दै बैङ्कले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुट सुविधा पनि ल्याएको छ ।
एनएमबीले बैङ्कले पनि प्रिपेड कार्ड ल्याएको छ । हिमालयन बैङ्कले पनि अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुविधा ल्याएको छ । सिद्धार्थ बैङ्कले सिद्धार्थ इकम कार्ड सञ्चालनमा ल्याएको छ । राष्ट्र बैङ्कले उपलब्ध गराएको यो सुुविधाअन्तर्गत बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी पाँच सय अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने नेपाल राष्ट्र बैङ्कको परिपत्रमा उल्लेख छ ।
ई–कार्डमार्फत भारत र भुटानबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ । यस कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी उक्त मात्राको कारोबार गर्न सक्ने बैङ्कले जनाएको छ ।
साथै ई–कार्ड प्रयोग गरी युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्जलगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न पनि सक्ने बैङ्कले जनाएको छ । कार्ड प्राप्त गर्नका लागि ग्राहकले केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्ने बैङ्कहरूले जनाएका छन् । यस्तो कार्ड जारी गर्दा बैङ्कले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरेको छ ।
यस्तो कार्डको प्रयोग गरी अनलाइनबाट प्रवाह हुने नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्विटर, वाट्सअपलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिने बैङ्कले जनाएको छ ।
यो सुविधा सञ्चालनमा आएपछि विगतमा विभिन्न सेवा वा शुल्कबापतको विदेशमा अनौपचारिक रूपमा हुँदै आएको भुक्तानीलाई औपचारिक र पारदर्शी बनाउन मद्दत पुग्ने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना