धमाधम जारी हुँदै डलर कार्ड

काठमाडौँ, चैत १८ गते । नेपाल राष्ट्र बैङ्कले ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न स्वीकृति दिएपछि विभिन्न बैङ्कहरूले धमाधम ई–कार्ड सञ्चालनमा ल्याउन थालेका छन् ।
सन्राइज बैङ्कले डिजिटल बैङ्किङअन्तर्गत सन्राइज ई–कार्ड सञ्चालनमा ल्याएको जनाएकोे छ । त्यस्तै एनआईसी एसिया बैङ्कले पनि एक प्रेस विज्ञप्ति जारी गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ । यसअघि नबिल बैङ्कले यो सेवा सञ्चालनमा ल्याइसकेको छ । डलर कार्ड जारी गर्ने क्रममा ग्लोबल आईएमई बैङ्कले ‘ग्लोबल इकम डलर कार्ड’ नाम दिएर डलर कार्ड जारी गरेको छ ।
माछापुच्छ«े बैङ्कले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर पाँच बराबरको कार्ड प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) ले पनि ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ नाम दिएर सेवा सुरु गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलर बराबरको नेपाली मुद्रामा परिवर्तन गर्न सक्ने जनाएको छ ।
पाँच सय अमेरिकी डलर एक वर्षका लागि भएको भन्दै बैङ्कले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुट सुविधा पनि ल्याएको छ ।
एनएमबीले बैङ्कले पनि प्रिपेड कार्ड ल्याएको छ । हिमालयन बैङ्कले पनि अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुविधा ल्याएको छ । सिद्धार्थ बैङ्कले सिद्धार्थ इकम कार्ड सञ्चालनमा ल्याएको छ । राष्ट्र बैङ्कले उपलब्ध गराएको यो सुुविधाअन्तर्गत बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी पाँच सय अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने नेपाल राष्ट्र बैङ्कको परिपत्रमा उल्लेख छ ।
ई–कार्डमार्फत भारत र भुटानबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ । यस कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी उक्त मात्राको कारोबार गर्न सक्ने बैङ्कले जनाएको छ ।
साथै ई–कार्ड प्रयोग गरी युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्जलगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न पनि सक्ने बैङ्कले जनाएको छ । कार्ड प्राप्त गर्नका लागि ग्राहकले केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्ने बैङ्कहरूले जनाएका छन् । यस्तो कार्ड जारी गर्दा बैङ्कले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरेको छ ।
यस्तो कार्डको प्रयोग गरी अनलाइनबाट प्रवाह हुने नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्विटर, वाट्सअपलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिने बैङ्कले जनाएको छ ।
यो सुविधा सञ्चालनमा आएपछि विगतमा विभिन्न सेवा वा शुल्कबापतको विदेशमा अनौपचारिक रूपमा हुँदै आएको भुक्तानीलाई औपचारिक र पारदर्शी बनाउन मद्दत पुग्ने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न