अध्ययन तथा रोजगारीमा जान राहदानी बनाउनेको सङ्ख्या बढ्दो

काठमाडौं,चैत ४,विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको सङ्ख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या बढ्न थालेको हो ।

राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले भने, “राहदानी बनाउने बढेका होइनन् तर पुरानै अवस्थामा राहदानी बनाउनेको सङ्ख्या कायम हुन थालेको हो ।”उनका अनुसार विगतमा जस्तै अहिले दैनिक ४५ हजार जति राहदानी बन्न थालेको छ । विभागमा अहिले राहदानी बनाउनेसँगै राहदानी नवीकरण गर्नेको सङ्ख्या पनि धेरै हुने गरेको छ । उनले पुरानो राहदानीको म्याद सकिँदा कुनै पनि थप शुल्क वा जरिवाना नलाग्ने प्रस्ट्याए ।

उनले थपे, “म्याद सकिएको १५ वर्षपछि राहदानी बनाउन आउँदा पनि जरिवाना लाग्दैन ।” विगत एक वर्षमा तीन लाख ९८ हजार ८४२ ले राहदानी बनाएका थिए, जसमध्ये विभागबाट एक लाख ४१ हजार ३०५, जिल्लाबाट दुई लाख ४४ हजार ५८७ र विभिन्न वैदेशिक मिसनका कार्यालयबाट १२ हजार ९५० वटा राहदानी जारी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना