ओली र दाहाल–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं, माघ १७ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ ।

प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट १० वर्षे सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका घाइते, अपांगता तथा शहीद परिवारका सदस्यलाई सम्मान तथा परिचयनपत्र दिने प्रक्रिया अघि बढाइएका छन् । उनले विभिन्न आन्दोलन तथा संघर्षका घाइते, अपांगता तथा शहीद परिवारलाई आफ्नो समूहमा पार्ने योजनासहित मन्त्रिपरिषद्बाट सम्मान तथा परिचयपत्र उपलब्ध गराउने निर्णय गराएका हुन् ।

गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरूलाई सरकारका तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउन एक समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको संयोजक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई तोकिएको छ भने सदस्यहरूमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

समितिले आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी हालसम्म भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वमा होमिएका शहीदका परिवार, घाइतेलगायतको अभिलेख संकलन गर्नेछ ।

प्रधानमन्त्री ओलीले गत १० माघमा बालुवाटारमा नै पूर्वलडाकुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणमा पनि पूर्वलडाकुको विषयलाई निकै प्राथमिकता दिने गरेका छन् । यसअघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्कमल दाहालको आलोचना गर्ने क्रममा कालीबहादुर खामको प्रसंग जोडेका थिए ।

पूर्वलडाकुको विषयमा सार्वजनिक कार्यक्रममै चासो र चिन्ताजनक भाषण दिन थालेपछि अर्का अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रमबाटै त्यसको प्रतिवाद गर्नुपरेको थियो । अध्यक्ष दाहालले पूर्वलडाकुको अहिलेसम्म आफूले नै नेतृत्व र संरक्षण गर्दै आएकाले अब पनि आफूले नै संरक्षण गर्न सक्ने तर ओलीले गर्न नसक्ने जनाएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित