ओली र दाहाल–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं, माघ १७ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ ।

प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट १० वर्षे सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका घाइते, अपांगता तथा शहीद परिवारका सदस्यलाई सम्मान तथा परिचयनपत्र दिने प्रक्रिया अघि बढाइएका छन् । उनले विभिन्न आन्दोलन तथा संघर्षका घाइते, अपांगता तथा शहीद परिवारलाई आफ्नो समूहमा पार्ने योजनासहित मन्त्रिपरिषद्बाट सम्मान तथा परिचयपत्र उपलब्ध गराउने निर्णय गराएका हुन् ।

गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरूलाई सरकारका तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउन एक समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको संयोजक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई तोकिएको छ भने सदस्यहरूमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

समितिले आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी हालसम्म भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वमा होमिएका शहीदका परिवार, घाइतेलगायतको अभिलेख संकलन गर्नेछ ।

प्रधानमन्त्री ओलीले गत १० माघमा बालुवाटारमा नै पूर्वलडाकुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणमा पनि पूर्वलडाकुको विषयलाई निकै प्राथमिकता दिने गरेका छन् । यसअघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्कमल दाहालको आलोचना गर्ने क्रममा कालीबहादुर खामको प्रसंग जोडेका थिए ।

पूर्वलडाकुको विषयमा सार्वजनिक कार्यक्रममै चासो र चिन्ताजनक भाषण दिन थालेपछि अर्का अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रमबाटै त्यसको प्रतिवाद गर्नुपरेको थियो । अध्यक्ष दाहालले पूर्वलडाकुको अहिलेसम्म आफूले नै नेतृत्व र संरक्षण गर्दै आएकाले अब पनि आफूले नै संरक्षण गर्न सक्ने तर ओलीले गर्न नसक्ने जनाएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न