February 11, 2020

व्यवसायीलाई आश्वस्त पार्दै ओलीले भने- अप्ठ्यारो परे मलाई भन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्‍याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

chor

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, ‘केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।’

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए । ‘ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्”, व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।’

राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । ‘अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन’, उनले भने, ‘विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।’

विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उनले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

निजी क्षेत्रलाई लगानीमा सहजीकरण गर्न सरकारले विभिन्न प्रयास अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्रीले लगानीको वातावरण बनाइएको बताए । ‘एकल विन्दु सेवा स्थापना गरिएको छ, लगानीको वातावरण बनाइएको छ, बैंक, वित्तीय संस्था र उद्योगीका बीमा उचित र सन्तुलित सम्बन्ध होस्, सरकार र व्यवासयीबीच पनि सौहाद्र्रपूर्ण सम्बन्ध होस् हामी यही चाहेका छौँ ।’

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताए । मुलुकका लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको बताउँदै उहाँले भन्नुभयो, ‘राज्य सधैँ व्यवासयीको साथमा छ, हामी व्यापार–व्यवसाय गर्न कुनै व्यवधान आउन दिँदैनौँ । उद्योगी व्यवसायीको मनोबल खस्कन दिँदैनौँ, ढुक्क भएर लगानी गर्नुहोस् ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सम्मानबाट मुलुकको अर्थतन्त्रको विकासमा लाग्न व्यवसायीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सिआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको बताए । निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै हिँडेको उल्लेख गर्दै उनले समृद्धिको यात्रामा सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका