September 27, 2019

सार्क विदेशमन्त्रीको बैठकः भारत र पाकिस्तानका मन्त्रीले एक-अर्कालाई गरे बहिष्कार

असोज १०, न्यूयोर्क : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विदेशमन्त्रीहरुको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले एकअर्कालाई बहिस्कार गरेका छन् ।  

3 11

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा अमेरिकाको न्युयोर्कमा बिहीबार भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको भाषणको समयमा पाकिस्तानी विदेशमन्त्री कुरेसी बैठकमा सहभागी नै भएनन् ।  

कुरेसीले अर्को बैठक इस्लामवादमा हुने पनि बताए । पाकिस्तानको यस्तो व्यवहारमाथि जयशंकरले कडा प्रतिक्रिया राखे । र भाषण लगतै बाहिरिए । त्यसपछि मात्रै कुरेसी बैठकमा सहभागी भए।

बैठकमा कुरेसीले कश्मीर मुद्दामाथिको विरोधका कारण आफू एस जयशंकरका साथ बैठकमा बस्न नचाहेको स्पष्ट पारे । बैठक सकिएपछि उनले सार्क देशका प्रतिनिधिले अर्को बैठक इस्लामवादमा हुने निर्णय गरेको बताए । यसका लागि तारिख र समय तोकिन बाँकी रहेको उनको भनाइ छ ।  

भारतले अगस्ट ५ मा संविधानको धारा ३७० खारेज गरेपछि नयाँ दिल्ली र इस्लामावादबीच तनाव बढेको छ।

२०१८ मा पूर्व विदेशमन्त्री सुषमा स्वराज सार्क देशको विदेशमन्त्रीको बैठकबाट बाहिर निस्किएकी थिइन् । उक्त समयमा भारतले जम्मू कश्मीरमा प्रहरीको हत्या र पाकिस्तानमा कश्मीरी आतंकावादीको टिकट जारी गरेकोमा विरोध जनाएको थियो । २०१६ मा सार्कको बैठक इस्लामवादमा राखिएको थियो । योभन्दा पहिले उडीमा सेनाको क्याम्पमाथि आतंककारी हमला भएको थियो त्यसकारण भारत यसमा सहभागी भएको थिएन । बंगलादेश, भूटान र अफगानिस्तानले पनि पछि बैठक अस्वीकार गरेका थिए । त्यसपछि इस्लामवादको बैठक स्थगित गरिएको थियो ।  

बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने धारणा राखे ।  

नेपालको अध्यक्षतामा भएको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएका हुन् । ‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरी नहुने भएको छ। हाम्रो संगठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ’, बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ।

सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचार विमर्श गरिएको थियो। बैठकले श्रीलंकाली महासचिवलाई अनुमोदन पनि गरेको छ।  

बैठकमा श्रीलंका र बंगलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए। कार्यव्यस्तताका कारण भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन्।

मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदले सार्कलाई गति दिनुपर्नेमा जोड दिँदै क्षेत्रीय एकताको भावनालाई मर्न दिनु हुँदैन भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।