डेंगु नियन्त्रणमा गम्भीर नबनेको भन्दै सत्तारुढ दलकै सांसदले गरे सरकारको आलोचना

भदौ २६,काठमाडौं : सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबेनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्यमन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाका बैठकको शुन्य र विशेष समयमा डेंगु संक्रमण नियन्त्रणका बारेमा आफुहरुले उठाउदै आएको आवाजको सुनुवाई नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठ रुलिङ नभए आफुले विरोध जनाइरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाब दिएका थिए।

उनले भने “डेंगु डेंगु भनेर कराउँदा कराउँदै थाकिसक्यौ। सभामुख महोदय , डेंगुको बारेमा यो सरकार बोल्दैन। अमेरिकाको सरकारले बोल्दियो। अमेरिकनहरु नेपालम डेंगु आतंक छ नजानु। भएका अमेरिकन नागरिकहरु नेपालमा सचेत रहनु। यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय ? त्यसकारण सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

मन्त्री डेंगुको पीडीत, आखा विशेषज्ञ सन्दुक रोहित डेंगुको पीडीत, अब हामी मध्ये कति जना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो सभामुख महोदय ? अबिलम्ब स्वास्थ्य मन्त्रीलाई तत्काल रुलिङ गरियोस्। अहिलेनै स्वास्थ्यमन्त्री यहाँ आएर यसको बारेमा सरकारको आधिकारीक धारणा के हो ? डेंगु के हो ? कसरी लाग्छ ? उपचार कसरी गर्ने हो ? बच्ने उपाय के हो ? मरेका लाई के गर्ने ? सरकारको आधिकारीक धारणा ल्याईयोस् होइन भने मेरो विरोध रहने छ। सभामुख महोदय, रुलिङ चाहन्छु । ”

नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगु प्रकोप हो या महामारी भन्ने स्पष्ट पार्न सरकारसंग माग गरे। डेंगुको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय, इमिडियोमियोलोजी महाशाखा लगायत सम्बन्धीत निकाय गम्भीर बन्न नसकेको भन्दै उनले तत्काल सर्वसाधरणमा फैलिएको डेंगु सक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, “महामारी हो भने सम्पूर्ण साधन स्रोतको परिचालन गरि ‘हेल्थ इमरजेन्सी ’घोषणा गरि महामारीलाई समाप्त पार्न पर्यो। प्रकोप हो भने इपिडियोमियोलोजि महाशाखा के हेरेर बसेको छ ? के सुतेर बसेको छ ? स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ ? जनतामा यो आतंक, भय तुरुन्त समाप्त पार्ने काम गरियोस्। ”

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगुको प्रकोपले महामारीको रुप लिईसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेबाट सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाइन्।

सांसदहरुले सदनलाई डेंगुको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकषर्ण गराएपछि सभामुख कृष्ण बहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ्ग गरेका थिए।

उनले भने “केही दिन यताको नियमति बैठकमा र विशेष गरेर आजको बैठकमा डेंगुको महामारी सम्बन्धमा माननिय सदस्यहरुको कुरा उठेको छ। यस सम्बन्धमा म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु। साथै यस विषयमा सदनलाई यथासिघ्र जानकारी गराउन निर्देशन गर्दछु । ”

केही दिनदेखि संघीय संसदका दुवै सदनको बैठकको विशेष र शुन्य समयमा डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराउदै यथार्थ विवरण सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक