September 11, 2019

‘एउटा लामखुट्टे पनि मार्न नसक्ने दुई तिहाईको बलियो कम्युनिस्ट सरकार बाट के आश गर्ने’

चैत्र २५, काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुजाता परियारले डेंगु रोगको आतंक रोक्न सर्वसुलभ परीक्षण र उपचारको ब्यवस्था गर्न माग गरेकी छिन् । संसदको शुन्य समयमा बोल्दै सांसद परियारले डेंगुको उपचार सबै अस्पतालहरुमा उपलब्ध नभएको जनाउँदै डेंगु लागेका मन्त्रीलाई भने राम्रो अस्पतालमा उपचार भएपनि सर्वसाधारणले स्वास्थ्य परीक्षण समेत गर्न नपाएको भन्दै संसदको ध्यानाकर्षण गराइन् । 

राष्ट्रियसभा :  महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सुझाव

‘डेंगु रोगको कारण धेरैको ज्यान गएको छ । धेरै विरामी छन् । यो रेग लागेको मन्त्रीलाई राम्रो अस्पतालमा उपचार भएतापनि सर्वसाधारण जनताको स्वास्थ्य जाँच गर्ने उपकरण पनि पर्याप्त नभएको कुरा आइरहेको छ । सरकार के हेरिरहेको छ ?’ उनले संसदलाई प्रश्न गरेकी छिन् । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद परियारले संविधानमा नै स्वास्थ्यलाई मौलिक हकको रुपमा ब्यवस्था गरेपनि सरकार गम्भिर भएको नदेखिएको जिकिर गरीन् ।  

‘डेंगु रोगको आक्रमण फैलाउने एउटा लामखुट्टे मार्न नसक्ने दुई तिहाईको बलियो कम्युनिस्ट सरकार बाट अब जनताले के आश गर्ने’ परियारले प्रश्न गरीन् । उनले सरकारको आश्वासन र गफबाट जनताले आश मारिसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक