September 4, 2019

कुनै पनि बाहनामा निजगढबाट अन्यत्र विमानस्थल सार्न हुन्न : राजपा

काठमाडौं, भदौ १८ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले बाराको निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताएको छ।

 प्रदेश नम्बर २ ले प्रस्तावित विमानस्थलमा रूख काट्न नदिने बताएपछि राजपाले कुनै पनि बाहना देखाएर निजगढबाट अन्यत्र विमानस्थल सार्न नहुने बताएको हो।राजपा अध्यक्ष मण्डलको मंगलबार बसको बैठकपछि संयोजक राजकिशोर यादवले विज्ञप्ति निकालेर ‘कुनै पनि नाम, बाहना र कारण देखाएर अन्यत्र वा अन्यथा गर्ने चर्चा-परिचर्चाप्रति राजपाको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गरेका छन्।

प्रदेश २ सरकारले विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जग्गा प्रयोग गर्न संघीय सरकारलाई सुझाव दिने तयारी गरेको थियो।

प्रदेशले वन क्षेत्र ४० प्रतिशत पुर्‍याउने लक्ष्य लिएकोमा विमानस्थल बनाउँदा रूख कटान हुने भन्दै प्रदेशले विकल्प खोज्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले बताएका थिए। राजपाले भने निजगढमै विमानस्थल बनाउन आफूहरू प्रतिवद्ध रहेको प्रष्ट पारेको छ।

‘विमानस्थल निर्माण गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न, अनावश्यक रूख कटानी नगर्न, वनस्पति र वन्यजन्तुको विनाश रोक्न गम्भीरतापूर्वक ध्यान दिनुपर्छ,’ संयोजक शाहले उल्लेख गरेका छन्।

यस्तै, राजपाले विमानस्थल बनाउनका लागि रूख कटानी गर्दा वनमा निर्भर तल्लो भेगका जनतालाई हुने पानीको समस्या, नदीनालाको विनाश र समग्र पर्यावरणीय प्रभाव मूल्यांकन गरी प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको द्रुत र शीघ्र निर्माणको लागि गम्भीरतापूर्वक कार्य गर्न ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक