July 31, 2019

सभामुख महराले कायम गरे रेकर्ड, प्रतिपक्षलाई वेलमा उभ्याए ५५ मिनेट !

संसद्को नियमित कारवाही अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपालाई सभामुख कृष्णबहादुर महराले आज संसद्को वेलमा ५५ मिनेट उभ्याएका छन् । 

यसअघि प्रतिपक्षले बढीमा १० मिनेट नारावाजी गर्न नपाई संसदको बैठक स्थगित गर्ने सभामुखले पछिल्ला दुई बैठकमा भने विपक्षी सांसदरूलाई लामो समय वेलमा उभ्याएका छन् । 

आजको बैठकमा पनि झण्डै एक घण्टा उभ्याएका छन् ।

विपक्षी सांसदहरूले ४५ मिनेट नारावाजी गरेपछि महराले ‘माननीयज्यूहरू थाक्नुभयो होला, अब बस्नुस्’ भनेर व्यंग्य गरेका थिए । 

सर्लाहीमा भएका गोलीकाण्डका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेस र राजपाले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् । 

सोमवारको बैठकमा महराले विपक्षी सांसदहरूलाई ३५ मिनेट उभ्याएका थिए । 

बुधवार बिहान ११ बजेर १० मिनेटमा शुरू भएको संसद् बैठक सभामुख महराले १२ बजेर ५ मिनेटमा स्थगित गरेका थिए । 

लगातार संसद् अवरुद्ध गर्दा अन्य सांसदको अधिकार हनन् भएको भन्दै सदन अवरोध हटाउन आग्रह गरे ।

प्रतिपक्षीको नाराबाजी नरोकिएपछि सभामुख महराले भोलि बिहीवार दिनको २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक