July 28, 2019

सरेको सर्‍यै नेकपा सचिवालय बैठक

साउन १२,काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवार (आज) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कूल विभाग नेतृत्वको विवादमा सहमति जुट्न नसकेपछि सचिवालय बैठक स्थगित गरिएको हो । बैठक सोमवार दिउँसो ३ बजे बस्ने गरी स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

बालुवाटारमा भएको पटक-पटकको अनौपचारिक छलफलले पनि स्कूल विभागको नेतृत्व विवाद हल गर्न सकेको छैन । सहमतिकै लागि भनेर शनिवार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बालुवाटारमा ३ घण्टाभन्दा बढी छलफलमा जुटेका थिए ।

अध्यक्षद्वयकै परामर्शमा महासचिव विष्णु पौडेलले आइतवारको सचिवालय बैठक डाकेका थिए । तर आइतवार पनि बैठक स्थगित भएको छ । 

सरेको सर्‍यै सचिवालय बैठक 

गत साउन ५ गते आइतवार बसेको बैठकले जिल्ला इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको थियो । विभागहरूको नेतृत्व पनि सोही बैठकले टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर बैठक दुई दिनपछि अर्थात् ७ गते मंगलवार बोलाइयो । 

७ गते बैठक हुनुभन्दा पहिला पूर्व एमालेका शीर्षस्थ नेताहरूबीच बालुवाटारमा घनिभूत छलफल भयो । सँगसँगै प्रचण्ड निवास खुमलटारमा पनि पूर्व माओवादीका नेताहरू भेला भए । दुवै पक्षले स्कूल विभागमा आफ्नो दाबी पेश गर्ने गरी सहमति गरेर सचिवालय बैठकमा जाने तयारी गरेका थिए । तर बैठक बस्न सकेन । 

बैठकलाई पुनः ९ गते बिहीवारका लागि सारियो । तर त्यो बीचमा पनि कुनै सहमति हुन सकेन त्यसपछि आजका लागि सारिएको थियो । 

आज पनि सहमति नभएकाले बैठक बस्न नसकेको बालुवाटार स्रोतले जनायो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक