May 4, 2019

‘राष्ट्रपति देशको अभिभावक भएकोले ‘मेरो सरकार’ भन्नु स्वभाविक छ’ प्रधानमन्त्री

बैशाख २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । हिजो शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति भण्डारीले पटक पटक ‘मेरो सरकार’ भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको भन्दै बचाउ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा पत्रकारहरुसँग ‘मेरो सरकार’ भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्न आग्रह गरेका छन् । ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र ?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक समेत भएकोले ‘मेरो सरकार’ भन्नु स्वभाविक हो ।’ ओलीले भने ।

उनले कुनै पनि व्यवस्थाको गरिमा हुने भन्दै छिचरा तर्कमा अल्झिनु ठिक नभएको तर्क गरे । प्रधानमन्त्रीले पत्रकारसँगको भेटघाटमा ‘मेरो सरकार’ भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने जिकिर गरे । ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन । राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो, उहाँले ‘मेरो सरकार’ भन्दा आत्तिनु पर्दैन ।’ प्रधानमन्त्री ओलीले भने ।

उनले विश्वका कतिपय देशहरुमा समेत ‘मेरो सरकार’ भन्ने अभ्यास रहेको समेत जिकिर गरे । उनले छिमेकी मुलुक भारतमै पनि ‘मेरो सरकार’ भन्ने प्रचलन रहेको प्रष्ट पारे । ’टाढा नजाउँ, भारतमै पनि ‘माइ गर्भमेन्ट’ भन्ने चलन छ ।’ उनले भने ।

हिजो संसदमा राष्ट्रपति भण्डारीले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दा २१ पटक ‘मेरो सरकार’ भनेकी थिएन् । भण्डारीले संघिय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा संघिय संसदमै रहेका कतिपय सत्तारुढ र प्रतिपक्षका सांसदहरुले ‘मेरो सरकार’ शब्द प्रति ब्ंग्य गर्दै फेसवुक र ट्विटरमा पोस्ट गरेका थिए । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु भण्डारीको ‘मेरो सरकार’का विरुद्ध खनिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक