बैशाख १७,काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सव ललितपुर महानगरपालिकाले वर्षैभरी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख ३० गते उनी ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दैछन् । सोही अवसर पारेर ललितपुर महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रमहरु आयोजना गरी उनको जन्मशताब्दी महोत्सव मनाउन लागेको हो ।
ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाको निर्णय अनुसार यसो गर्न लागिएको ललितुर महानगरपालिकाद्वारा जारी वक्तव्यमा उल्लेख छ । २०७६ साल वैशाख ३० गतेबाट कार्यक्रम सुरु गरी २०७७ साल वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उनको जन्मशताब्दी महोत्सव मनाउन लागिएको हो ।
जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । वैशाख ३० गते उनलाई पाटन मंगलबजारबाट लगनखेल, जावलाखेल हँुदै बाजागाजासहित महानगरपालिकामा लगिने र त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जन्मोत्सव मनाइने महानगरपालिकाले जनाएको छ ।
त्यस्तै सोही दिन रक्तदान, दीपावली तथा महानगरपालिका भित्र १०० वर्ष पुगेका वृद्धवृद्धालाई सम्मान पनि गरिने महानगरपालिकाद्वारा प्रेषित वक्तव्यमा उल्लेख छ । सो दिन महानगरपालिका क्षेत्रमा सार्वजनिक विदा पनि दिइने जनाइएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका