December 19, 2018

खानेपानी सचिव ठाकुर, कमिशनमात्रै खोज्छन् !

काठमाडौं, ४ पुस । अन्तिम समयमा मेलम्ची खानेपानी आयोजनाको कामबाट हात झिकी ठेकेदार कम्पनीले छाड्नुको मुख्य कारण खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र आयोजना प्रमूख सूर्य कँडेलको कमिशन माग रहेको स्रोतहरूले बताएका छन् ।

धेरैमा ३५ करोडमा काम सकिने अवस्थामा रहेका बेला मन्त्री बिना मगरलाई समेत मुछेर सचिव ठाकुर र निर्देशक कँडेलले ठेकेदार कम्पनीसँग  कमिशन माग गरेपछि काम अलपत्र परेको स्रोतको दाबी छ ।

कमिशनमा कुरा नमिलेपछि ठेकेदार कम्पनीले धरौटी राखेको रकम निकाल्ने अर्को जुक्तिमा सचिव ठाकुर पुगेका छन् । उनले यसै हिसाबबाट काम अघि बढ्न सक्ने बताउन थालेका छन् ।

ठेकेदार कम्पनीले काम लिनका लागि कम्तिमा तीन अर्ब भन्दा बढि धरौटी रकम बैंकहरूमा राखेका छन् ।

सोमवार र मंगलवार खानेपानी मन्त्रालयमा ठेकेदार कम्पनीका कर्मचारीहरूसँग भएका छलफलहरू निष्कर्षमा पुग्न सेकेको थिएन । मन्त्रालयका तर्फबाट नै सचिव ठाकुरले राखेका अड्कोका कारण सहमति हुन नसकेको हो । इटलीको ठेकेदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनालाई करिब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो ।

तर पनि सचिव ठाकुर र कँडेलले ठेकेदार कम्पनीलाई सताउन नछाडेपछि त्यसका प्रतिनिधिले कामबाट हात झिकी देश छाड्न लागेका थिए । मन्त्रालयमा रहेको भिटो पावरलाई प्रयोग गरी सचिव ठाकुरले ठेकेदार कम्पनीका कर्मचारीहरूले नेपाल छाड्न लागेको शंकामा कम्पनीका ८ जनाको राहदानी प्रहरीलाई नियन्त्रणमा लिन भनेका थिए ।

काम पूरा नगरी ठेकेदार कम्पनी भाग्न लागेपछि मन्त्रालयले विज्ञ र प्राविधिकहरू बोलाएर छलफल गरेको बताइएको छ । कमिशनको कुरा मिलाउनका लागि सचिव ठाकुरकै अग्रसरतामा अर्कै एउटा परामर्शदाता कम्पनीलाई मेलम्ची आयोजनाको सुरुङ्गको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन एक हप्ताभित्र तयार पार्न निर्देशन पनि दिइएको छ । यसबारे मन्त्रालयले विज्ञप्ति पनि जारी गरेको थियो ।

पहिला पनि आयोजनामा ठेकेदार कम्पनीसँग कमिशनमा तिव्र दबाब दिएपछि चिनियाँ ठेकेदार कम्पनीले यसैगरी उक्त आयोजना छाडेको थियो ।

किन भाग्न खोज्यो कम्पनी ?
काम गरेवापतको भुक्तानी मन्त्रालयबाट दिनुपर्ने हुन्छ । उक्त भुक्तानी दिने बेलामा ठूलो रकम सचिव ठाकुर र कँडेलले माग गरेको ठेकेदारका प्रतिनिधि ग्रेचोका नजिकको स्रोतले जनायो ।

मन्त्रालयमा सचिव ठाकुर आएदेखि नै माथाहतका विभिन्न निकायका कुनै पनि काम प्रभावकारी हुन सकेका छैनन् । गएको साउनदेखि पुससम्म मन्त्रालय अन्तर्गतका माथाहतका निकायमा शुन्य प्रतिशत मात्र प्रगति भएको छ ।

जताततै लथालिङ्ग
त्यसो त ठाकुरको नजर मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि परेका कारण त्यहाँको ८ अर्ब रकम खर्च हुन सकेको छैन । ५ महिनादेखि उक्त निकायमा बेथिति चलिरहेको स्रोतले जनाएको छ ।

विभागका कर्मचारीले अहिलेसम्म तलब समेत खान नपाएको बताइन्छ । संघीय ढाँचामा मुलुक पुगेपछि विभाग अन्तर्गतका कार्यालय राख्ने र कर्मचारी खटाउने विषयमा मन्त्री मगरलाई अलमलमा पार्ने काममा सचिव ठाकुरकै हात रहेको स्रोतले बतायो ।

त्यसो त मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानमा अध्यक्ष नियुक्ति प्राथमिकतामा पर्छ । तर, सचिव ठाकुरका कारण उक्त निर्णयमा मन्त्री मगर पुग्न नसक्दा संस्थानमा एक महिनादेखि तालाबन्दि जारी छ ।

संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादलाई दुईसाता अघि हटाइएको थियो । तर, अदालतले अन्तरिम आदेश दिएपछि प्रसाद फर्किए पनि संस्थानको अवस्थामा खासै सुधार ल्याउने कोशीश सचिव ठाकुरले गरेका छैनन् । अस्थायी र करारका कर्मचारीले लामो समयदेखि धर्ना जारी राखेका छन् ।

उता, ग्रामिण खानेपानी कोषबाट सञ्चालन भएका सात समय भन्दा बढि आयोजनाहरूका सन्दर्भमा निर्णय हुन नसक्दा लथालिङ्ग भएको छ ।

सचिव ठाकुरले नै अनौपचारिक हिसाबमा कोषका कार्यकारी निर्देशक भुपेन्द्र अर्याललाई काम नगर्न दबाब दिएका छन् । जसका कारण अर्याल आयोजना जोगाउन राजीनामा दिने तयारीमा पनि पुगेको स्रोतले जनाएको छ ।

छोरालाई केन्द्रमा, अरुलाई जिल्लामा !
उता, सचिव ठाकुरले जुनियर हुँदाहुँदै आफ्ना छोरा आषुतोष ठाकुरलाई खानेपानी विभागमा राखी बाँकी सिनियरलाई जिल्ला धपाउन महानिर्देशक सुनिल दासलाई निर्देशन दिएका छन् ।

भर्खरै परिवर्तन गरिएका महानिर्देशक दास ठाकुराका यसम्यान हुन् । स्रोतका अनुसार सचिव ठाकुरले सिनियर इन्जिनियरलाई जिल्लामा पठाउनका लागि महानिर्देशक दासलाई फायल तयार पार्ने निर्देशन दिएका छन् ।

सचिव ठाकुरले आफ्ना अनेक निर्देशन र काममा मन्त्री बिना मगरको निर्देशन भएको भन्दै कर्मचारीलाई दबाब दिनुका साथै मन्त्रीको पनि बद्नाम गरिरहेको स्रोतले जनायो ।

प्रधानमन्त्री नै खनिएका थिए
मेलम्ची खानेपानी आयोजना कति समयमा आउँछ भनी सचिवहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि ब्रिफिङ माग गरेका थिए ।

तर, सचिव ठाकुरले यस विषयमा ठोकुवा गरेर भन्न नसक्ने भन्दै पाल्छी पाराको जवाफ दिएपछि सिंहदरबार बैठकमा प्रधानमन्त्री ओली रिसाएका थिए ।

त्यसबेला ठाकुरको ठेकेदार कम्पनीलाई भुक्तानी दिने बेला कमिशनमा विवाद रहेको थियो । सोही कारण ठेकेदार कम्पनीले समयमा काम सक्न मुस्किल हुने भन्दै सचिव ठाकुरलाई चेतावनी पनि दिएको थियो । उक्त विषय प्रधानमन्त्री ओलीलाई जानकारी थिएन । त्यसैले उनले बारम्बार पानी कुन समयमा आउँछ भन्ने विषयमा ठाकुरसँग रोष प्रकट गरेका थिए ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा