अपराधि नजिक पुगेको दाबी गर्दै सर्वेन्द्र खनालले भने, नतिजा छिट्टै आउँछ

मंसिर २४, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानको परिणाम छिट्टै आउने बताएका छन् ।

संसदको दीगो विकास तथा सुशासन समितिमा उपस्थित भएका महानिरिक्षक खनालले निर्मला बलात्कार तथा हत्या प्रकरणमा दोषीको खोजी गरिरहेको भन्दै यसको परिणाम छिट्टै आउने बताएका हुन् । 

निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रहरी अपराधि नजिक पुगेको दाबी गर्दै खनालले भने, ‘घटनाको अनुसन्धान साँघुरिएको छ । छिट्टै परिणाम अाउँछ’ ।

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले कञ्चनपुरकै १७ वर्षीय प्रदीप रावल र विशाल चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

निर्मलाको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीहरुको डिएनए परिक्षणका लागि पठाइएको छ । रिपोर्ट भने आउन बाँकी छ ।

यता हत्यामा संलग्न भएका भनिएका ती दुई युवक रावल र चौधरी निर्मलाको हत्या भएको दिन (साउन १०–११) मा प्रहरी हिरासतमै भएको बताइएको थियो ।

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान सुरुदेखि नै विवादमा पर्दै आइरहेको समयमा अहिले पक्राउ परेका युवकहरु साँच्चिकै अपराधी हुन् या होइनन् भन्ने सर्वसाधारणमा आशंका बढेको छ ।

साउन १० गते साथीको घरमा गृहकार्य गर्न जान्छु भनेर गएकी १३ वर्षीय बालिका निर्मला पन्तको दोस्रो दिन साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।