November 26, 2018

नेपाललाई २ प्रदेश बनाएर समग्र तराईलाई मिथिलाञ्चल प्रदेश घोषणा गर्न माग

मंसिर १०, काठमाडौं : ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको छ । 

पार्टीले सोमवार पत्रकार सम्मेलनमा ३१ बुँदे संविधान संशोधन माग सार्वजनिक गर्दै नेपाललाई दुई प्रदेशमा मात्र विभाजन गर्नुपर्ने तथा सम्पूर्ण तराईको भू–भागलाई ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड दिएको छ । 

‘मधेशको आवश्यकता समानता तथा समानुपातिक समावेशिता’ भन्ने नारा बोकेको सो पार्टीले राज्य सञ्चालकको स्वार्थका कारण आर्थिक अवस्था खस्केको र विदेशी हस्तक्षेप बढेको बताएको छ । पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले मधेशको भाषा तथा वेषभुषाको पहिचानलाई संरक्षण गर्नुपर्ने औँल्याए ।

प्रा डा मोदराज बजगाईं, प्रा बाबुराम ढकाल, प्रा सुबोध झालगायतका वक्ताले देशमा प्रजातन्त्र स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताउँदै तराई तथा मधेशको विकासमा पनि सरकारले चासो दिनुपर्ने औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक