कलिला लालाबालासहित सिंगो परिवार खरानी हुँदा गाँउ नै शोकमग्न !

झापा । जीवनमा अनगिन्ति सपनाका पहाडहरु छिचोल्न बाँकी नै थियो,राम्रो घर बनाउने अनि छोराछोरीलाई राम्रो बिद्यालयमा पढाउने र ठुलो मान्छे बनाउने सपना हरेक अभिभावकले देख्छन नै, झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडाका ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनालको यहि सपना थियो ।

छोराछोरी सानै थिए । उनीहरुको पालनपोषणका लागी उनीहरु हरदिन मेहनत गरिरहेक थिए । तर उनीहरुको सपनामा अचानक बज्रपात पर्यो । आगोको एकै लप्काले २ साना लालाबाला सहित उनीहरुको सपना समेत क्षणभरमै धुँवासरी बन्यो । अचानक राति ९ बजे े घरमा लागेको आगोले जलेर खनाल दम्पत्ति सहित चार वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक छोरा टीकाराम खनालको मृत्यु भयो ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल समेत सख्त घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्याँसको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । घटनाको बारेमा बिस्तृत जानकारी अझै आएको छैन ।

काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो। । विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ । घटनापछि सो गाँउ यतिबेला शोकमग्न भएको छ । कलिला लालाबालासहित सिंगो परिवार नै खरानी भएको घटनाले सिंगो गाँउ नै रुवाएको छ ।

Coppied from purbelikhabar

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका