महिला सशक्तीकरणका लागि २५ प्रतिशत बजेट माग गर्दै पैरवी अभियान

स्थानीय तहमा विनियोजित कूल बजेटबाट महिला सशक्तिकरणका लागि न्यूनतम २५ प्रतिशत बजेट छुट्याउनुपर्ने मागसहित सात राजनीतिक दलका १ सय जना महिला नेताको भेलाले नीति तथा पैरवी अभियान शुरु गरेको छ । समृद्ध नेपालका लागि सशक्त महिला भन्ने नाराका साथ भेलाले पाँच दिने अनुशिक्षण कार्यक्रमपछि देशव्यापी रुपमा एक सुत्रीय अभियान सुरु गरेको हो । 

85841110142202769_232338014299233_5241481060432216064_n
आर्थिक स्रोतमा महिलाहरुको सहज पुहँच र त्यसमाथिको नियन्त्रण विना महिलाको आर्थिक सशक्तिकरण संभव नभएकोले स्थानीय तहबाटै यो अभियान सुरु गर्नुपर्ने देखिएको बताउँदै मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष बबिता बस्नेतले यसका लागि संघ, प्रदेश र स्थानीय तहमै महिला लगानी बढाउनकालागि महिला केन्द्रित नीति  आवश्यक रहेको बताइन् । नेपालमा महिलाको सशक्तिकरणको अवस्था अनुसार महिलाले पुरुषभन्दा थोरै कमाउँछन् । भने धेरै महिलाको बैंक खाता छैन र रोजगारीमा रहेको महिलाको अनुपात घटेको छ । 
असोजको १ गतेदेखि ५ गतेसम्म नेशनल डेमोके्रटिक इन्स्टिच्युटको संयोजन तथा संचार क्षेत्र, नागरिक समाज र प्राज्ञिक क्षेत्रका गरी ८ जना महिला अनुशिक्षकहरुको सहजीकरणमा नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, राप्रपा, नयाँ शक्ति र विवेकशिल साझा गरी सात दलका १ जना महिला नेताको भेला मार्फत उक्त अभियान सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक