सामाजिक सुरक्षा कार्यक्रम लागू, कम्तिमा १०० दिनको रोजगारी, नत्र बेरोजगार भत्ता !

सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो ।

प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने जानकारी दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम रोजगारको प्रत्याभूत गर्न नसकेको खण्डमा निर्वाह भत्ता उपलब्ध गराइने बताए ।

विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद खगराज बरालले रोजगारीको पहिलो प्राथमिकता नेपाली नागरिक हुनुपर्ने बताउँदै विदेशी नागरिकले श्रम स्वीकृति लिएर मात्र नेपालमा काम गर्न पाउने व्यवस्थालाई ऐनमा समेट्न सुझाव दिए।

सांसद् गगन थापाले ऐनले व्यवस्था गरेका कार्यक्रम कार्यान्वयनका लागि छुट्टै बजेटको कोष बनाइनुपर्ने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन ग र्न आवश्यक नियम, कार्यविधि बनाउन समयसीमा तोक्नुपर्छ, भने । 

सांसद यशोदा गुरुङ सुवेदीले रोजगारीको हकसम्बन्धी ऐनले मुलुकको अग्रगामी परिवर्तनका लागि बलिदान गरेका शहीद तथा बेपत्ता व्यक्तिका परिवार र घाइते, अपाङ्गता भएका व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूत गर्नुपर्ने बताइन् ।

उनले संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने व्यवस्था गरेको स्मरण गराउँदै रोजगारीलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गरी योग्य र सक्षम हजारौँ युवालाई स्वदेशमै रोजगारीको अवसर सुनिश्चित गर्ने गरी ऐन बनाउनुपर्ने बताइन् ।

सांसद नवराज रावलले ऐनले प्रदेश र स्थानीयस्तरमै रोजगारीको व्यवस्था गर्न ती निकायलाई जिम्मेवार बनाउनुपर्ने बताए । रोजगारीका लागि विदेश जाने कामदार प्रत्येक पलमा ठगीमा पर्दै आएको बताउँदै उनले स्वदेश र विदेशमा हुने ठगी नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ, भने ।

सांसद पार्वती विसङ्खेले दलित समुदायलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन उनीहरुको पेशालाई नै रोजगारीसँग जोड्ने गरी ऐन, कानून बनाइनुपर्ने बताइन् । उहाँले भनिन्, “दलित समुदायको कला, सीपलाई रोजगारीसँग जोड्न सके स्वदेशमै रोजगारीको प्रवद्र्धन हुन्छ, बेरोजगारीको दर न्यूनीकरण गर्न मद्दत पुग्छ ।” 

सांसद केदार सिग्देलले रोजगारीको हकसम्बन्धी विधेयकले जनपक्षीय भावनालाई समेटेको उल्लेख गर्दै बेरोजगार निर्वाह भत्ता न्यायोचित र समसामयिक हुनुपर्ने बताए ।

सांसद् प्रेम सुवालले विधेयकमा एक आर्थिक वर्षमा न्यूनतम रोजगार दिने समयावधि बढाउन सुझाव दिए । उनले न्यूनतम रोजगारी प्रदान गर्ने १०० दिनको समयावधिलाई बढाएर कम्तिमा पनि २७५ दिन पुर्‍याउनुपर्ने बताए । 

सांसद् आशाकुमारी विकले नेपालमा श्रमको मूल्य नतोकिँदा युवा पङ्क्ति विदेशीन बाध्य भएको बताउँदै सीप, क्षमता र योग्यताका आधारमा श्रमको उचित मूल्य तोक्नुपर्छ, भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक