नियमनकारी संस्था नै कुहिराको काग !

ng_o_MaMewK4dbd

भदौ २४, कानुन बनाउनेदेखि अन्य आन्तरिक कार्यमा व्यस्त भइरहेका बेला केन्द्रदेखि सातै प्रदेशका सरकारलाई मुलुकमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी (एनजीओ÷आईएनजीओ) संस्थाका गतिविधिप्रति ध्यान दिने फुर्सद नै छैन ।

ती संस्थाको अनुगमन र नियमन गर्ने आधिकारिक निकाय समाज कल्याण परिषद्समेत कुहिराको कागजस्तो भएको छ ।

हालसम्म परिषद्मा आबद्धता लिएका रहेका ४८ हजार ५ सय एनजीओ र २ सय ३० आईएनजीओका कामको अनुगमन र नियमन हुन नसक्दा तिनीहरूका गतिविधिले मुलुकमा कस्तो प्रभाव परिरहेको छ भन्नेबारे आम नागरिक नै बेखबर हुनुपरेको छ ।

यद्यपि अहिलेसम्म १२ वटा एनजीओ र ४ वटा आईएनजीओलाई सचेत गराइएको परिषद्को दाबी छ । तर उक्त सचेत पनि नागरिकले दिएको उजुरीका आधारमा गराइएको हो ।
 

नागरिकबाट परेका उजुरीमा उद्देश्यबमोजिम काम नगरेको, स्वीकृत नै नलिई काम गरेको, संस्था खोलेर पनि व्यक्तिगत खाता सञ्चालन गरेको र धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने गरेको पाइएपछि तिनीहरूलाई गल्ती नदोहो¥याउने सर्तमा सचेत गराइएको परिषद्का सूचना अधिकारी हरि तिवारीले बताउनुभयो ।

उहाँले १ सय ५ वटा आईएनजीओको उपलब्धि मूल्यांकन गरिसकेको दाबी गर्दै भन्नुभयो– ‘आईएनजीओ दर्ताका लागि सम्बन्धित देशमा दर्ता भएको हुनुपर्छ । र, कम्तीमा २ करोड रुपियाँ नेपाली बजेट उल्लेख गरिनुपर्छ ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू