विश्वविद्यालयमा सम्बन्धनको व्यापार

byapaar_zAs3u7fjDd

भदौ १७, बौद्धदर्शनसम्बन्धी अध्ययन–अनुसन्धान गराउने उद्देश्यले स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ अध्यापन गराउने कलेजलाई सम्बन्धन दिएको छ ।
विश्वविद्यालयमा इन्जिनियरिङ विभागसमेत छैन । त्यस्तो विषय अध्ययन गराउने आफ्नो आंगिक कलेज छैन । इन्जिनियरिङ शिक्षा अनुगमन गर्ने अध्यापक छैनन् । तर, यही विश्वविद्यालयले लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्सलाई इन्जिनियरिङको सम्बन्धन दिएको छ ।

विवाद भएपछि सरकारले छानबिनका लागि समिति त बनायो, समितिले अधिकारबाहिर गएर सम्बन्धन नदिन विश्वविद्यालयलाई सुझाबसमेत दियो ।

तर, सम्बन्धन खारेज भएको छैन, कलेजले पढाइरहेको छ । कलेजले इन्जिनियरिङका लागि शिक्षा मन्त्रालयबाट लिनुपर्ने मनशायपत्रसमेत नलिई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मात्र गरेन, ०७२ बाट कक्षा चलाइरहेको छ । रजिस्ट्रार तिलकराम आचार्य भन्छन्, ‘सरकारले बनाएको कमिटीले कमजोरी देखायो, तर खारेज गर्ने भनेको छैन ।’

गत ९ साउनमा बसेको विश्वविद्यालय सभाले मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका कार्यक्रम सञ्चालन गर्न पाउने निर्णय पारित गरेको छ । एउटै संकायले बाँच्न गाह्रो हुने भएकाले यस्तो गर्नुपरेको रजिस्ट्रार आचार्य बताउँछन् । सम्बन्धनप्राप्त १० र एउटा आंगिक गरी लुम्बिनी विश्वविद्यालयका कुल ११ कलेज छन् ।, यो खबर आजको नयाँ पत्रिकामा 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर