प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका कामकारबाहीका बारेमा डटेर कुरा राख्न पनि निर्देश्न दिए ।
“संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो,” प्रधानमन्त्री ओलीले भने, “शिर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।”
संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गतेसम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताए । “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपछ,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताए । “संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ,” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।” वर्तमान सरकार थपना नभएकोले सक्रियतापूर्वक काम गर्ने उनले दाबी गरे ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक