सरकार लाचार भएर टुलुटुलु हेरेर बस्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही वर्षभित्र गरिबी दन्ते कथा बन्ने अवस्थामा मुलुकलाई पुर्याउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति उपराष्ट्रपति, राष्ट्रिय योजना आयोग लगायतका विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले सरकारले गरिबीको अन्त्य गरेरै छाड्ने बताए।

नयाँ जनादेशअनुसार जनताका आकांक्षा पूरा गर्नका लागि नयाँ ढंगले काम गर्न सरकारले विभिन्न निकायलाई सोहीअनुसार व्यवस्थित गरेकाले केही समय भित्र त्यसको प्रभाव देखिने उनले बताए ।

उनले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि विभिन्न विभागहरुलाई प्रधामन्त्री कार्यालय मातहत ल्याईएको पनि स्पष्ट पारे । सरकार नयाँ बाटो हिँड्न लागेकाले केहीलाई अनौठो लाग्नु स्वभाविक भएको भन्दै उनले भने, “नयाँ अभ्यासमा देश जाँदा नयाँ संरचना गर्दा नयाँ ढंगले मुलुकलाई ड्राईभ गर्नुपर्छ त्यतै तिर जान लाग्या हो ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केटा केटीलाई हाउगुजी देखाएजस्तो गरि लोकतन्त्र जान्छ भनेर जनतामा भ्रम र आशंका फैलाउने काम गरेको भन्दै उनले त्यस किसिमको भ्रमात्मक प्रचार उपयुक्त नभएको प्रतिक्रिया दिए । उनले अधिनायकवाद आउँछ र लोकतन्त्र जान्छ भन्ने विषयलाई कांग्रेसले चैनेकेरे र माने भन्ने जस्तो थेगो को विषय बनाएर भ्रम र आंशका फैलाउने काम गरेको दाबी गरे।

उनले भने, “२०३६ सालको जनतन्त्र संग्रहताका केटा केटी रोए भने चुप लाग चुप लाग जनमत संग्रह भाँडिन्छ भन्थे ।” प्रधानमन्त्रीले लोकतन्त्र कसैले किस्तिमा सजाएर दिएको वा अरुको पसिनाले आर्जेको नभई आफुहरुको ठुलो मेहनत रहेकाले सरकार लोकतन्त्रप्रति प्रद्धिवद्ध रहेको स्पष्ट पारे । उनले भने, “लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? कहाँ बाट? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले पन्छाउन सक्छ ?”

उनले सरकारले ठिक बाटो लिएको भन्दै प्रतिपक्षी दललाई आश्वस्त हुन आग्रह गरे ।

उनले योजना आयोगका काम प्रभावकारी नदेखिएर प्रभावकारी देखाउन पुनर्गठन गरेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले समय तोकेर काम नगर्ने ठेकेदारले बढी समय लगाए वापत हर्जनासम्म तिर्नुपर्ने बताए ।
उनले आन्तरिक स्रोत र आन्तरिक पूँजीको परिचालनमा जोड दिएको भएपनि ठुला आयोजनामा बैदेशिक सहायता र लगानी अत्यावश्यक रहेको बताए । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै कानुन आश्विन ३ भित्र ल्याईसक्ने प्रतिवद्धता पनि उनले जनाए ।

नेपाल र भारतको संयुक्त टिमले डुबान क्षेत्रहरुमा डुबान खोल्न संयुक्त सर्वे गरिरहेको भन्दै उनले तराईको बाढी नियन्त्रण, भुकम्प पिडितको उद्धार र बसोबास लगायत विषयमा सरकार संवेदनशील रहेको स्पष्ट पारे ।
अधिकारको प्रयोग विधिपूर्वक र कानुनसम्मत गर्नुपर्ने भन्दै निषेधित क्षेत्र भनेको वाक स्वतन्त्र रोक्नका लागि नभएको स्पष्ट पारे । “वाक स्वतन्त्रतामा किन्चित लगाम लाग्दैन । स्वतन्त्रताका हकहरुमा नियन्त्रण हुदैन तर तीनमा थिति हुनुपर्छ,” उनले भने ।

उनले अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर लाचार छायाँ भएर सरकार बस्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक