पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर मात्रै विश्राम लिन्छु : देउवा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातको अन्त्य गरेर पार्टीलाई पुरानै अवस्थामा पुर्याएर मात्रै विश्राम लिने बताएका छन् । कैलालीको धनगढीमा शुक्रबार पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टीलाई सिध्याउने खेलमा लागेका अन्तरघातीलाई कारवाही गरेर पार्टीलाई शक्तिशाली बनाएर मात्रै विश्राम लिने बताएका हुन् । 

‘‘किशुनजीलाई हराएदेखि कांग्रेसमा अन्तरघातको रोग लागेको छ र यो क्रम अहिले पनि जारी छ । अब यसरी पार्टी चल्दैन, कांग्रेस भंग गरे हुन्छ,’’ उनले भने, ‘‘म अन्तरघातबाट मुक्त कांग्रेस बनाएर मात्रै विश्राम लिन्छु, तपाईहरुको साथ चाहियो ।’’ 

कांग्रेसलाई पार्टीभित्रैका अन्तरघातीहरुले सिध्याउन थालेको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । उनले प्रष्ट शब्दमा पार्टीमा अन्तरघात कायमै रहे कांग्रेस पार्टी भंग गरिदिए पनि हुने बताए ।   

‘‘पार्टीभित्र एक से एक क्षमतावान नेताहरु छन् । तर टिकट त एक जनाले मात्रै पाउने हो नि, टिकट पाएन भन्दैमा हराउन लाग्ने ?’’ आक्रोशित मुद्रामा प्रस्तुत भएका देउवाले प्रश्न गरे । उनले आफ्नै पार्टीका उमेदवारलाई हराउने अन्तरघातीहरुको पार्टीमा कुनै कामै नभएको जिकिर गर्दै अन्तरघात गर्ने कसैलाई पनि कारवाही गर्न आफू नहिच्किचाउने स्पष्ट पारे । 

कांग्रेस सभापति देउवाले अहिलेको सरकारले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले गरेका महत्वपूर्ण निर्णयहरु उल्टाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरे । उनले ओली सरकारले रोक्न खोजे पनि गौरीफन्टा नाकाको स्तरोन्नतिको काम जसरी पनि गराउने दावीसमेत गरे । 

प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गौरीफन्टा नाका स्तरोन्नतिका लागि सहमति गरेर स्मरण गर्दै देउवाले भने, ‘‘तर ओलीजीले देउवाले गरेको सहमति लागु नगर्ने भन्दै गौरीफन्टा नाकाको स्तरोन्नतिको काम रोकिदिए । तर तपाईहरु नआत्तिनुस, म जसरी पनि यो काम गराउँछु ।’’

प्रधानमन्त्री ओली भारतलाई रिझाउन ‘जि हजुरी’ मा लागेको आरोप लगाउँदै देउवाले ओली सरकार लम्पसारवादमा परिणत भएको आरोप लगाए । ‘‘राष्ट्रवादको नाम भजाएका ओली अहिले भारतलाई रिझाउन जि हजुरीमा व्यस्त छन्, यसलाई लम्पसारवाद भन्ने कि नभन्ने ?’’ देउवाले प्रश्न गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक