नारायणगढ-मुग्लिन सडक खण्डमा कालोपत्रे गर्ने काम लगभग सकिएको छ। सडकमा पहिलो चरणको कालोपत्रे गर्ने काम मंगलबारबाट सकिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।
दोश्रो र तेश्रो चरणको कालोपत्रेको काम पनि केही दिनमै सक्ने आयोजनाको तयारी छ। नारायणगढ-मुग्लिन सडक खण्ड ३६ किमी लामो छ। सडक आयोजनाका सूचना अधिकारी खनालका अनुसार पहिलो र दोस्रो तहमा ६–६ र तेस्रो तहमा ४ सेमी गरी कुल १६ सेमी मोटो कालोपत्रे हुनेछ।
ठेकेदार कम्पनीलाई पाँचौं पटक म्याद थपेर सडक फराकिलो बनाउने काम गरिएको हो। तीन खण्डमा विभाजन गरेर यो सडकको स्तरोन्नती गरिएको छ। बाटोमा कुनै अबरोध नभए अब सवारी साधनले ३० मिनेटमै यो सडक खण्ड पार गर्नेछन्।
३६ किलोमिटर लामो उक्त सडकको ३३ किलोमिटर खण्डलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाइएको छ। दुई वर्षभित्र काम सक्ने गरी सन् २०१५ को अप्रिलमा सडक निर्माणको सम्झौता भएको थियो।
पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको काम भारतीय कम्पनी बीएलए र नेपाली कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (एससीसी) ले काम गरेका छन्। दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्म भारतीय उडहिल र नेपाली लामा कम्पनीले गरेका छन् भने तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्म भारतीय कम्पनी सुप्रिम र नेपाली कम्पनी रौताहाले लिएको छ।
वर्षात्को समयमा पहिरो खस्न सक्ने संभावित ठाउँमा आयोजना आफैँले पहिरो खसालेर जोखिम न्यूनीकरणको काम गरिरहेको छ। सडक खण्डको कतिपय ठाउँ पहिरोको उच्च जोखिममा छन्।
ती ठाउँमा पहिरो खस्दा बेला बेलामा सडक अबरुद्ध हुँदै आएको छ। मंगलबार पनि पहिरो खस्दा यो सडक खण्ड चार-पाँच घण्टा बन्द भएको थियो।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका