मुख्यमन्त्री फेरिदैछ भनेर अफवाह मात्र फैलाइएको हो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा मुख्यमन्त्री फेरिदैछ भनेर अफवाह मात्र फैलाइएको बताएका छन् । उनले मुख्यमन्त्री फेरिने हल्ला निराधार रहेको जिकिर समेत गरेका छन् ।

रौतहटको गौरमा पत्रकारसँग कुरा गर्दै उनले संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदा पनि प्रदेश २ मा राजपासँगको गठबन्धन नटुट्ने समेत दाबि गरे ।

प्रदेश सरकारको म्याण्डेट भनेकै फोरम र राजपा गठबन्धन भएको भन्दै मुख्यमन्त्री राउतले दुवै पार्टीले मिलेर चुनाव लडेकोले जनताले दिएको म्याण्डेटकै अनुसार सरकार ५ वर्षसम्म टिक्ने बताए ।

प्रदेश सरकारले केही गल्ती गरेको भए खबरदारी गर्न आग्रह गर्दै मुख्यमन्त्रीले सञ्चारमाध्यममा आएजस्तो प्रदेश सरकार परिवर्तन नहुने प्रष्ट पारे ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा केन्द्र सरकारले सात पैसा पनि निकासा नगरेको दावी गरे । मोदी भ्रमणका बेला मञ्च व्यवस्थापन तथा अन्य खर्चको भुक्तानी गर्न अझै बाँकी रहेको भन्दै उनले कति रकम खर्च भएको छ सो को पूर्ण विवरण अझै नआएको बताए ।

शिक्षा र स्वास्थ्यमा निकै पछाडि रहेको यस प्रदेशलाई सबल र समृद्ध प्रदेश बनाउने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।

रोजगारीको ठूलो समस्या रहेको यस प्रदेशमा मानवीय सूचकांंकको अवस्था हेर्दा प्रदेश निकै पछाडि रहेकोले संघियता पछिको पहिलो सरकारलाई सबै समस्याहरु समाधान गर्दै अगाडि बढनुपर्ने चुनौती रहेको बताए ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार नै गौर नगरपालिकाले अधिग्रहणको प्रक्रिया अगाडि बढाएको गौर राइसमिलको समेत निरीक्षण गरेका छन । मुख्यमन्त्री राउत गरुडा नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमका लागि रौतहट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक