प्रधानमन्त्री ओलीलाई प्रदीप पौडेलको प्रश्न– जनतालाई त्यसरी ढाँटेर मत लिन पाइन्छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत राम्रो नभएको बताएका छन् । कांग्रेसको भ्रातृ संगठन नेविसंघले सोमबार काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको ‘वर्तमान अवस्थामा नेविसंघको भूमिका’ विषयक बिचार गोष्ठिमा युवा नेता पौडेलले प्रधानमन्त्री ओलीले निरंकुश शासक बन्न खोजेको आरोप लगाए ।

161939608434340351_2491837810842547_4547994071494295552_n
राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरणलाई आफ्नो मातहतमा राख्नुका साथै कूल बजेटको ११ प्रतिशत रकम लिन खोजेर प्रधानमन्त्री ओलीले आफूलाई बलियो बनाउन खोजेको उनको दावी थियो । 
‘‘११ प्रतिशत रकम लिएर के गर्न खोजेको ? विभागहरु, सरकारी वकिलहरु उहाँसँग छ । प्रधानमन्त्रीको नियत राम्रो छैन,’’ कांग्रेस नेता पौडेलले भने, ‘‘संस्था राम्रो, संविधान बलियो होइन, उहाँ आफू बलियो हुन खोज्नु भएको छ ।’’ लोकतन्त्रमा व्यक्ति बलियो भए खतरनाक हुने भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा ओलीले बलियो शासक बन्न खोजेको जिकिर गरे ।  
कम्युनिष्टहरुका सामुन्ने अब दुई वटा विकल्पमात्रै रहेको जिकिर गर्दै युवा नेता पौडेलले भने, ‘‘कम्युनिज्म, साम्यवाद, लेनिनवाद र माओवादप्रति इमान्दारिता देखाउने र संविधानप्रति बेइमानी गर्ने अथवा कम्युनिज्म, साम्यवाद, लेनिनवाद र माओवादप्रति बेइमानी गरेर र संविधानप्रति इमान्दारिता देखाउने ।’’ उनले नेपालका कम्युनिष्टहरुले संविधानप्रति बेइमानी गरेर लेनिनवाद र माओवादप्रति इमान्दारिता देखाउने खतरा बढ्दै गएको पनि बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनतालाई ढाँटेर मत लिएको उनले टिप्पणी गरे । चुनाव अगाडि आफू प्रधानमन्त्री भए वृद्धभत्ता बढाउने झुटो आश्वासनले जनता ढाँटेर ओलीले मत लिएको उनको भनाइ थियो । 
‘‘उहाँले चुनावका बेला अब एमालेको सरकार बन्छ, म प्रधानमन्त्री बन्छु । वृद्धभत्ता दुई हजारबाट बढेर पाँच हजार पुग्छ भन्नुभयो । तर उहाँ प्रधानमन्त्री भएर आएको बजेटमा वृद्धभत्ता दुई हजारबाट एक रुपैयाँ पनि बढेन,’’ युवा नेता पौडेलले प्रश्न गरे, ‘‘जनतालाई त्यसरी ढाँटेर मत लिन पाइन्छ ? घोषणापत्रमा एउटा लेख्ने, अनि बजेटमा घोषणापत्रलाई कहीँ कतै छेउ टुप्पोलाई नछोइ बजेट प्रस्तुत गर्न पाउँछ ? लोकतन्त्रमा जनतालाई ढाँटेर नेता बन्ने यो कस्तो विधिको शासन हो ?’’ 
उनले संसदमा कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निभाउन नसकेकोप्रति आपत्ति जनाए । कांग्रेसका नेताहरुमा अझै पनि आफूहरु सत्तामा बसेको भ्रम रहेको टिप्पणी गर्दै पौडेलले फेरिएको परिस्थितिमा कांग्रेसले भूमिका फेर्न जरुरी रहेको जिकिर गरे । 
‘‘लामो समयसम्म सत्तामा बसेको बानी परेका हाम्रा नेताहरुलाई आज पनि सत्तामा बसेझै लागेको छ,’’ उनले भने, ‘‘परिस्थिति फेरिएको छ । हिजो सत्ताको न्यानोमा बसेजस्तो आज छैन । प्रतिपक्षमा पुगेको कांग्रेसको भूमिका फेरिन जरुरी छ ।’’ हिजोकै भूमिकामा कांग्रेसलाई उचाइमा पुर्याउन नसकिने स्पष्ट पार्दै पौडेलले कांग्रेस बलियो बन्नका लागि नयाँ भूमिका र नयाँ परिवेश आवश्यक रहेको बताए । 
कांग्रेसलाई जनताले तिरस्कार गरेको नभएर सच्चिने मौका दिएको भन्दै उनले कांग्रेसले आगामी ५ वर्षभित्र आफूलाई सच्याएर अगाडि बढे अर्को निर्वाचनमा सवै कम्युनिष्ट एक भए पनि कांग्रेसलाई पराजित गर्न नसक्ने दावी गरे । पौडेलले भने, ‘‘तर यसका लागि कांग्रेस सच्चिन जरुरी छ । पार्टीको मुद्दा अगाडि लैजान जरुरी छ ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक