गाजर किन खाने ? हेर्नुहाेस् यसकाे आश्चार्यजनक फाइदा !

गाजर हाम्रो लागि कुनै नौलो  खानेकुरा त होइन तर पनि यसको फाइदा सुन्दा चाही तपाइलाई अचम्म लग्न सक्छ । हामीले यसलाई सोझै सलादको रुपमा अथवा पकाएर तरकारी वा हलुवाको रुपमा  सेवन गर्दै आइरहेकाछौ। यो खानमा स्वादिसष्ट मात्र होइन शरीरलाई पनि धेरै फाइदा गर्ने गर्दछ भनेर पुष्टि पनि भएको छ। प्रति १०० ग्राम गाजरमा ८८ ग्राम पानि, ०.९ ग्राम प्रोटिन, ४.७ ग्राम गुल्कोज, २.८ ग्राम रेशा, ०.३ ग्राम बोसो र केहि मात्रामा  भिटामिन के, बिटा केरोटिन ,एन्टी अक्सिडेन्ट आदि पनी हुन्छ।

carrots

यसको दैनिक सेवनले हाम्रो आँखा र छालालाई स्वास्थ्य बनाएर हामीलाई भर्खरको जस्तो बनाउछ । यानकी उमेर ढल्केसंगै हुने चाउरिपन पनि कम गर्दछ । आउनुहोस यसको फाइदा के कस्तो छ कुरा गरौँ।

१. यसमा विटा केरोटिन हुन्छ जसले मांसपेशीहरुलाई कसिलो बनाउछ र उमेर ढल्के संगै हुने चाउरिपन पनि कम गर्दछ।

२. यसमा हुने  बिटा केरोटिनले भिटामिन ‘ए’ निर्माणमा सहयोग गर्दछ जसले गर्दा  आँखा स्वास्थ्य हुन्छ ।

३. भिटामिन- ए ले आँखाको सिलिअरि मशललाई स्वस्थ बनाएर उमेर ढल्कदै गर्दा हुने आखाको कमजोरी बाट पनि जोगाउछ।

३. यसमा भएको   विटा केरोटिनले रोग प्रतिरोधी क्षमता वृद्धि  गर्दछ। त्यसैगरी, हाम्रो शरीरको कोषहरुलाई स्वास्थ्य पनि राख्दछ।

३. यसमा एन्टी अक्सिडेन्ट गुण  हुन्छ जसले उमेर वृद्धि संगै स्वतन्त्र आयोनले गर्ने  कोष ह्रास ( कोष मर्ने क्रम )   नियन्त्रण गर्दछ । जसले गर्दा हाम्रो छालामा चमक आउनुको साथै  छालाको  चाउरीपन पनि  कम हुन्छ।

४. यसमा हुने फल्कारिनोल तत्वले हामीलाई क्यान्सर हुनबाट बचाउछ। त्यसकारण, दैनिक गाजरको सेवन गर्दा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

५. गाजरमा  प्रशस्त मात्रामा रेशा हुने हुदा पाचन शक्ति बढ्नुको साथै  शरीरमा चिनीको मात्र कम गर्दछ र चिनीजन्य रोगको जोखिम कम हुन्छ ।

६.  यसमा भएको रेशाले हाम्रो पाचन प्रणालीले गर्ने बोसो  शोषणमा  कम गरि   शरीरको तौल बढ्न दिदैन  । जसले गर्दा हाम्रो शरीरमा हुने मोटोपन कम हुन्छ। मोटोपन कम भएपछी  मोटोपनाबाट हुने रोगहरु र मुटु संग सम्बन्धित रोगहरुको संक्रमणको जोखिम पनि कम हुन्छ।

७. यो पोटासियमको राम्रो स्रोत हो जसको सेवनले हाम्रो मानसिक थकाई कम गर्दछ ।

८. यसमा भएको भिटामिन ‘के’ ले मुटुलाई स्वास्थ्य बनाउछ अनि मुटु सम्बन्धित रोगको जोखिम कम गर्दछ। भिटामिन के   हाम्रो आयु बढाउने भिटामिन पनि हो । यसले हाम्रो छाला स्वास्थ्य बनाउछ र हामी कम उमेरको जस्तो देखिन्छौ।

९. गाजरमा भएको भिटामिन ‘के’ले रगतमा प्रोथ्रमबिन नामक प्रोटिन उत्पादन गर्न सहयोग गर्दछ र छालालाई पनि स्वास्थ्य राख्दछ। प्रोथ्रमबिन  रक्तस्राब भएको बेलामा रगतलाई जमाएर (blood clotting) रगत वग्नबाट जोगाउने एकप्रकारको रगतमा हुने प्रोटिन हो।

१०. यसमा भएको प्रोटिन र गुल्कोजले हाम्रो शरीरको कोषलाई आवस्यक पर्ने शक्ति दिनुको साथै कोष पुन निर्माणमा पनि सहयोग गर्दछन।

११.गाजरले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रा कम गर्दछ जसले गर्दा मुटु सम्बन्धित रोगहरुको जोखिम कम हुन्छ।

यसकारण गाजरमा धेरै पौष्टिक पदार्थहरु हुने हुदा हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ। तसर्थ, हामीले दैनिक रुपमा गाजरको सेबन गर्नु राम्रो हुन्छ। यसलाई काचै अथवा नपाकाईन सलादको रुपमा खानु ठिक हुन्छ किनकि पाकाउदा यसमा भएको पोषणको मात्रा नस्ट हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा