माओवादी केन्द्र बैठकमा प्रचण्डलाई प्रश्न : पार्टी एकता हुन्छ कि हुँदैन ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेबमे ट्वीटप्रति माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सोमबार गरेको ट्वीटले पार्टी एकतामा नराम्रो सन्देश ल्याएको भन्दै ध्यानाकर्षण गराएका थिए । बैठकमा नेताहरुले पार्टी अध्यक्ष दाहाललाई पार्टी एकता हुन्छ कि हुँदैन भनेर प्रश्नसमेत गरेका थिए ।

42624875331959076_2100755996876291_5850270319335440384_n

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष दाहालले ट्वीटको बारेमा आजै प्रधानमन्त्री ओलीलाई भेटेर कुरा राख्ने बताएका थिए । दाहालले पार्टी एकता अन्तिम मोडमा पुगेको बताउँदै एकता घोषणाको मिति तोक्नमात्र बाँकी रहेकाले नेताहरुलाई विश्वस्त हुन आग्रह समेत गरेका थिए । 

बैठकमा सहभागी माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले बाह्रखरीसँग भने, “बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई नेताहरुले बजेट, पार्टी एकता र ओलीको ट्वीटको बारेमा जिज्ञाशा राख्नुभएको थियो । नेताहरुले अध्यक्षलाई पार्टी एकता हुने हो की होइन भनेर प्रश्न गर्नुभएको थियो । सोमबार प्रधानमन्त्रीले गरेको ट्टीटको विषयमा पनि हामीले अध्यक्षलाई ध्यानाकर्षण गराएका थियौं । प्रधानमन्त्रीले त्यो कुरा बोल्न हुँदैनथ्यो । समीकरण बदल्न बानी परेकाहरु भन्दा कसलाई भन्न खोजेको प्रष्ट हुन्छ । ओलीले प्रचण्डलाई नै समीकरण बदल्न बानि परेको भन्नुभएको हो ।”

बस्नेतले थपे, “ओलीजी आफू प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रपति आफैले छानेको मान्छे बनाउनु भएको छ । योभन्दा बढी मात्तिने हो भने के हुन्छ भोलि ? ओलीजीले यस्तै कुरा गर्दै जाने हो भने, केही कुरा पचाउन नसक्ने हो भने, यो देशको नेतृत्व कसरी गर्नुहुन्छ ? प्रचण्डले पनि त पचाउन नसक्ने कुरा पचाउनु भएको छ । उहाँलाई पनि त भन्न लागेको होला ।”

सोमबार प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै समीकरण बदल्न बानी परेको आरोप लगाएका थिए । ओलीले ट्वीटरमा लेखेका थिए,  “हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं ।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखा पर्छ, किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक