पदाधिकारी मनोनयन गर्ने कांग्रेस बैठक सर्‍यो

२६ महिनादेखि बाँकी रहेको पदाधिकारी मनोनयनको लागि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको बैठक स्थगित गरिएको छ । सभापति देउवाले डाकेको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहानलाई बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको हो । आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक आज बिहान ८ बजेका लागि बोलाएका थिए । देउवाले यसरी बैठक बोलाएपछि नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए ।

कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारी चयन गरिसक्नुपर्ने २६ महिनासम्म पनि उक्त काम पूरा हुन सकेको छैन । कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक