प्राधिकरणका महानिर्देशक घिसिङले विद्युत् चुहावट नियन्त्रण गर्न र थोत्रा भईसकेका ट्रान्समिटर फेर्न ठुलो कसरत गरे । मिटर उल्टो घुमाएर प्राधिकरणलाई टाट पल्टाउने मिटर रिडरको कठालो समाते । कूलमानको कार्य कुशलतामा तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले समेत साथ दिँदै झोलामा खोला बोक्नेहरुका लाइसेन्स समेत खारेज गरे । अहिले त्यसैको प्रतिफल राजधानीबासीले उज्यालोमा बस्न पाएका छन् ।
तर, पनि विद्युत् चुहावट र चोरी नियन्त्रणमा कुलमानले भनेजति काम गर्न सकिरहेका छैनन् । राजधानीमा मात्रै दर्जनौँ त्यस्ता विद्युत् माफिया रहेका छन् जसले अहिलेसम्म विद्युत्को महसुल तिरेका छैनन् । प्राधिकरणले रु १ लाख भन्दा माथि बक्यौता भएका ग्राहकलाई बारम्बार महसुल भुक्तान गर्न भनेपनि दर्जनौँ ग्राहकले अटेर गरी बसेका छन् ।
यसरी अटेर गरी बस्ने ग्राहकहरूको तीनपुस्ते सहित प्राधिकरणले ‘ब्ल्याक लिस्ट’ बनाएको छ । प्राधिकरणको वेभसाईटमा रु १ लाख बढी रकम नतिर्ने १८ जना ग्राहकको तीन पुस्ते उल्लेख गरिएको छ ।
बिजुली बालेर महसुल नतिर्नेहरूमा प्रहरीदेखि सरकारी संस्थान, उद्योगी व्यापारी, अस्पताल, मन्दिर, गुठी समेत रहेका छन् । प्राधिकरणले उनीहरूलाई बारम्बार महसुल तिर्न अनुरोध गरे पनि अटेर गरेपछि तीन पुस्ते सार्वजनिक गरेको बताएको छ । यस अघि प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाएको थियो । गत भाद्रबाट चलेको अभियानबाट मात्रै चार करोड बढी रकम असुल भएको प्राधिकरण स्रोतका दाबी छ । स्रोतका अनुसार सरकारी निकायकै बक्यौता रकम दुर्ई करोड ५९ लाख बढी रहेको छ ।
रु १ लाख भन्दा बढी विद्युत् महसुल नबुझाउने ग्राहक (स्राेतः विद्युत प्राधिकरणकाे वेभ साइट)

काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा