January 22, 2018

बालकोट बैठकमा तिन निर्णय भयो , भएन अध्यक्षको सहमति


काठमाडाैँ, ८ माघ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले तीन निर्णय गर्दै सम्पन्न भएको हो ।

पार्टी एकता र नयाँ सरकार गठनलगायतका विषयमा निर्णय गर्न बसेको बैठकमा दुवै पार्टीका शीर्ष नेताहरु सहभागी भएका थिए । दुई पार्टीका अध्यक्ष्यद्वयले शुक्रबार र शनिबार गृहकार्य गरेर संयोजन समितिको बैठक बसेपनि आजको बैठकबाट विवादित विषयलार्इ किनारा लगाउन नसकिएको बताइएको छ । आइतबारको बैठकले प्रदेश सरकारको गठन र राष्ट्रिय सभाको निर्वाचनबारे रिपोर्ट पेश गर्न बनेको संयुक्त कार्यदलको प्रस्तावलाई अनुमोदन गरेको छ । जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेद्वार रहनेछन् ।

बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार एमाले अध्यक्ष ओली निवासमा बसेको बैठकमा बाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए बमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सात सदस्यीय कार्यदल गठन गरिएको हो । एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा एमालेबाट भीम रावल, डा. विजय पौडेल, युवराज खतिवडा र माओवादी केन्द्रबाट वर्षामान पुन, गिरीराजमणि पोखरेल र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।

संयोजन समितिको बैठकले प्रदेश सरकार, मुख्य मन्त्री, सभामुख लगायतका पदहरुको विषयमा रिपोर्ट पेश गर्न कार्यदललाई थप समय प्रदान गरेको छ । राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन् । शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेश गरेकोमा कार्यदललाई धन्यवाद दिएका थिए ।

त्यसैगरी एकीकृत पार्टीको संगठनात्मक ढाँचामा छलफल भए पनि यसबारे कुनै निर्णय हुन सकेन । दुवै पार्टीमा आन्तरिक छलफल र थप गृहकार्यपछि संयुक्त कार्यदलले तयार पारेको मोडालिटीमा संयोजन समितिले थप छलफल गर्ने र टुंग्याउने विषयमा पनि आज सहमति भएको बताइएको छ ।

एकतापछिको पार्टीका अध्यक्षको बारेमा भने संयोजन समिति कुनै टुंगोमा पुग्न सकेन । दुवै पार्टीले आफ्नो अडान नछाडेपछि सहमति हुन नसकेको हो । दुवै अध्यक्ष कार्यकारी अध्यक्ष रहने, ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेलगायतका नेतृत्वको मोडलमा पनि छलफल भए पनि निर्णय हुन सकेन । यसबारे सहमति जुटाउन ओली र प्रचण्ड पुनः म्याण्डेटसहित छलफलमा जुट्ने बताइएको छ । बैठकमा एमालेबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमल्सिनाका अनुसार बैठकले तीनवटा निर्णय गरेको छ-

(१) प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलकाे रिपाेर्ट अनुमाेदन गर्ने

(२) साझा चुनावी घाेषणा पत्रमा उल्लेखित विकास र समृद्धिकाे एजेण्डाकाे कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने

(३) एमाले अध्यक्ष केपी अाेली र माअाेवादी अध्यक्ष प्रचण्डबीच जारी छलफललाई निष्कर्षमा पुर्‍यार्इ वैचारिक र सांगठानिक कार्यदल बनाउने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक