January 20, 2018

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक

 

 

भक्तपुर, ६ माघ (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  हिजो माघ ५ गते  भएको भेटवार्तामा प्रदेश सरकार र राष्ट्रियसभा गठन तथा पार्टी एकताबारे छलफल भएको छ । बालकोटस्थित ओली निवासमा करिब तीन घण्टा भएको दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनमा छलफल गरेको अधिकारीलेजानकारी दिए  । राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत विषयमा साझा धारणा बनाएर जानेबारेमा छलफल भएको छ ।

छलफलमा पार्टी एकतालाई टुङ्गो पु¥याउन माघ ६ गते शनिबार दुई अध्यक्षबीच पुनः छलफल गर्दै माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । गत पुस २६ गते बालकोटमा भएको भेटवार्तापछि एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएर आएपछि दुई नेताबीच आज छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक