भरतपुर–पोखरा उडान भदौ ३० देखि शुरु

२० भदौ, चितवन – काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ ।

buddha-airlineनारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ । बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ जसमा १८ यात्रु अट्ने छन् । भाडादर एकतर्फी रु तीन हजार ६०० कायम गरिएको बस्नेतले बतए ।

पोखरा–भरतपुर हवाई सेवा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । चितवनमा कास्की, बागलुङ, तनहुँ, पर्वतलगायत जिल्लाबाट बसाइँसराइ गरी आउने र व्यवसाय गर्नेको संख्या बढी भएकाले उडानलाई व्यावसायिक सफलता मिल्ने अपेक्षा गरिएको छ । बस्नेतले निरन्तर उडानका लागि आवश्यक प्रचार र सहयोगको खाँचो हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका