यस्तो चिडियाखाना, जहाँ हाँसको बचेराले जुत्ता लगाउँछ

कपडा तथा जुत्तामोजा केवल मानिसका लागि मात्र त बनेको हो । जनावर र पशुपंक्षीले त भुत्ला र प्व्ााँखले नै जिउको सुरक्षा गरेका हुन्छन् ।

1

 

खुट्टामा पनि प्रकृतिले त्यस्तै सुरक्षा कवच बनाइदिएको हुन्छ । जसका कारण उनीहरुलाई हामीले जस्तो जुत्ता लगाउनु पर्दैन । तर यदि तपाइँले चिडियाखानामा राखेको कुनै जनावरले जुत्ता लगाएकेा देख्नुभयो भने के ठान्नुहुन्छ ?

सिंगापुरमा रहेको एक चिडियाखानामा हाँसको एउटा बचेरोले जुत्ता लगाउने गरेको छ । चिडियाखाना व्यवस्थापनले उक्त हाँसलाई जुत्ता लगाइदिने गरेको हो र यसको कारण निकै रोचक छ ।

सिंगापुरको ज्यूरोंग बर्ड पार्कमा यो वर्ष एउटा हाँसको बच्चा जन्मियो । अहिले यो झण्डै एक वर्षको हुन थालेको छ र उक्त बच्चाको निकै हेरचाह गरेको छ बर्ड पार्कले ।

बर्ड पार्कको भुइँमा कंक्रिट लगाइएको छ र बचेरोलाई कंक्रिटमा हिड्न निकै गाह्रो हुने गरेको थियो । डेढ किलो तौलको उक्त हाँसको त्यो पीडा देखेपछि चिडियाखानाका कर्मचारीले व्यवस्थापनलाई जानकारी गराए र हाँसको बचेराका लागि विशेष खालको जुत्ता तयार गरियो ।

यो बचेरो जब बाहिर निस्किन्छ, तब उसले जुत्ता पहिरिन्छ । जुत्ताको डिजाइन यस्तो पाराले गरिएको छ की त्यो उसको खुट्टामा पूर्णरुपमा फिट छ ।

बर्डपार्कका अधिकारीका अनुसार हाँस एउटा खुट्टाले उभिने जीव भएको हुँदा उसका खुट्टाका हड्डी निकै मजबुत हुनुपर्दछ । यो बचेराको खुट्टा तथा पाइताला अझै मजबुत रुपमा विकशित भैसकेका छन् । यसको उमेर बढेसँगै खुट्टाका हड्डी मजबुत हुनेछन् र यसको जुत्ता पनि निकालिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी