साउन १९, काठमाण्डौं – गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि जापानी राजदुत मासासी ओगावाबीच भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको शिष्टचार भेटमा गृह मन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको प्रसंसा गरे ।
शर्माले जापान सरकारले विशेष गरी नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगबारे चर्चा गर्दै, छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराए । उनले अब उद्धार कार्यमा स्थानिय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै, त्यसमा पनि जापान सरकारले सहयोगि हात बढाउने अपेक्षा गरेको बताए ।
साथै उनले लुम्बिनीमा एउटा अन्तराष्ट्रिय विमानस्थल बनाएर जापानका बौद्ध धर्मावलम्बीहरुलाई आगमन झनै सहज बनाउने सोच रहेको उल्लेख गरे । गृहमन्त्री शर्माले मौसमका कारण माघ ७ गतेभन्दा पहिले मंसिर भित्रै निर्वाचनहरु शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने योजना रहेको बताए । त्यसैगरी नेपालका लागि जापानी राजदुत मागासी ओगावाले दोस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेकोमा गृह मन्त्री शर्मालाई बधाई दिए ।
जापानी राजदुत ओगावाले निर्वाचनका क्रममा १३ वटा मतदान केन्द्रमा अवलोकन कार्यमा सहयोग गरेको जानकारी गराउदैँ आगामी तेस्रो चरणको स्थानिय, प्रदेश र प्रतिनिधी सभाका निर्वाचनहरु पनि शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन् शुभकामना दिए । यसैक्रममा जापानी राजदुतले बर्षेनी करिब २० हजार जापानी पर्यटहरु भ्रमणका लागि नेपाल आउने गरेको जानकारी गराए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका