बेलायतमा एकजना पुरुषले बच्चा जन्माएका छन् । हेडन क्रस नामक युवाले छोरी जन्माएका हुन् ।
ती पुरुष पहिले महिला थिए । आफ्नो लिंग परिवर्तन गरी उनी महिला बनेका थिए । उनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलिसकेको छ ।
हेडनले गर्भाधारण गरी आफुले बच्चा जन्माउनका लागि फेसबुकको माध्यमबाट शुक्रकिट दाताको खोजी गरेका थिए ।
गत जनवरी महिनामा जब हेडनले आफू गर्भवती भएको खुलासा गरे, तब उनी पूरै बेलायतभरि नै चर्चाको विषय बनेका थिए ।
धेरै मानिसले त्यसलाई प्रकृतिको नियमविपरितको कार्य भने । कतिपय चाहिँ उनको हुनेवाला बच्चाको स्वास्थ्यका विषयमा चिन्तित थिए । किनकि त्यस बच्चाको जन्म कुनै अन्जान शुक्रकिट दाताबाट हुँदै थियो ।
अन्ततः महिलाबाट पुरुष बनेका हेडले छोरी जन्माएका छन् । छोरीको नाम ट्रिनिटी लिफ राखिएको छ ।
बेलायतको ग्लूकोस्टरश्री रोयल हस्पिटलमा हेडनले बच्चा जन्माएका हुन् ।
हेडनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलेको छ । तर उनले जन्माएकी बच्चीको जन्मदर्तामा चाहिँ हेडन क्रसको नाम आमा नामको ठाउँमा लेखिएको छ । जबकि बुवाको नामको ठाउँ खाली छाडिएको छ ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
काठमाडौँ, कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौ भदौ २९ गते । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी