रुकुममा बाढी, दर्जन बढी घरमा क्षति

rukum-badhi

१२ असार, रुकुम । वर्षापछि आएको बाढीले रुकुमका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । आइतवार राती आएको बाढीले जिल्लाको आठबीसकोट नगरपालिका वडा नं ९ राडिज्युलामा रहेको राडिज्युला शिक्षा क्याम्पसको निर्माणाधिन अवस्थामा रहेको भवन परिएको छ ।

 

राति ११ बजेदेखि ३ बजेसम्म लगातार आएको वर्षाको कारण आएको बाढी पस्दा क्याम्पसको खेलमैदान र भवनको आधा भाग बाढिले पुरेको हो ।

त्यस्तै नगरपालिका वडा नं ९ राडिपाखा र राडिबगरका वस्तीमा बाढी पसेपछि स्थानीयहरु अर्कै ठाउँमा सरेका छन् ।

स्थानीय कालबहादुर खत्री, भिमबहादुर बटाला, कृष्णबहादुर बटाला, नरबहादुर खत्री, प्रेमबहादुर बटाला, जनक बटाला, मन्सुर खत्री, अशोक के.सि., जयबहादुर खत्री र बिजय बटालाको घर बाढीले पुरेको छ ।

वाढी प्रभावितहरु छिमेकिको घरमा शरण लिएर बसेका छन् । आफूहरु रातभर जागरम बसेको र राती नै बस्तुभाउहरुलाई अनेत्र सारेकोले धनजनको क्षति नभएको वाढी प्रभावित जनक वटालाले वताए ।

बाढीले खेतमा लगाएको स्याहर्नै लागेको मकै र झण्डै सात रोपनी खेतको लागि राखिएको धानको व्याड समेत पुरिदिएको छ ।

बाढीले बस्तिका ४० घरधुरिको लागि खानेपानी आपूर्ति गर्ने पाइपहरु समेत बगाएकोले उक्त बस्तिमा खानेपानीको आपूर्ति पनि बन्द भएको छ ।

जहारी खोलामा टार सिंचाई आयोजनाको काम अवरुद्ध

रुकुमकै जहारी खोलामा आएको बाढीले निर्माणाधिन अवस्थामा रहेको चौरजहारी टार सिँचाइ आयोजनाको काम पनि अवरुद्ध भएको छ ।

बाढीले बालुवा, गिट्टी, सरिया बगाएको छ भने निर्माण गरिएको काम क्षतबिक्षत बनाइदिएको छ ।

रोखिएको काम खोलामा पानी नघटेमा अब असोजदेखि सुरु हुने बज्र ग्रुप प्रालिका सहायक सुपर भाइजर सोमनाथ थकालिले जानकारी दिए ।

उनका अनुसार खोलाले करिब ८ लाख बराबरको क्षति गरेको छ । सन् २०१७ फेब्रुअरी ३ मा प्रालिलाई साढे करोडको २०१९ फेब्रुअरी ३ मा काम सम्पन्न गर्ने गरी ठेक्का परेको थियो ।

खोलाले आसपासका खेतहरुमा भर्खरै लगाएको धानबालीमा पनि क्षति पुर्‍याएको छ ।

बाढीले खेतहरु कटान सँगै धान बालि पुरेको छ । आफूले भर्खरै लगाएको धानबाली कामै नलाग्ने गरी पुरिदिएको वडा न. ११ कि लक्ष्मी ओलीले बताइन ।

सडक पनि अवरुद्ध

यसैबीच, वर्षापछि आएको पहिरोले सडक परेपछि चौरजहारी खोलागाउँ र खोलागाउ खलंगा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै अब त्यस क्षेत्रका स्थानीयलाई गाडी भेटाउन सल्यानको मौलाहाले र चौरजहारी बजारमा पुग्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि