June 3, 2017

एमालेले सदन अवरुद्ध गर्नुका चार कारण

जेठ २०, काठमाडौं – ‘एमालेले सदन अवरुद्ध गर्नुका चार कारण’  शिर्षकमा आजको नयाँ पत्रिकामा खबर छ ।

१. भरतपुरमा पुनः मतगणना गर्न दबाब
एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको आँकलन छ ।

२. कांग्रेस–माओेवादीबीच दूरी बढ्ने अनुमान
भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको आ–आफ्नो स्वार्थमा दुई दलबीच गठबन्धन बनेको एमालेको बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद सुनिश्चित गर्ने स्वार्थ र प्रधानमन्त्री प्रचण्डको पुत्री रेणु दाहाल विजयी बनाएर संघीय संसद्का लागि सिट सुरक्षित गर्ने स्वार्थ रहेको र त्यसलाई भत्काउनका लागि पुनः मतगणना गर्दा फाइदा पुग्ने एमालेको बुझाइ छ । यसो हुँदा दुई दलबीच दूरी बढ्ने र गठबन्धन ढिलो–चाँडो टुट्ने एमालेको अनुमान छ ।

३. कांग्रेस सभापति देउवालाई रोक्ने प्रयास
भरतपुरमा आफ्नो पक्षमा परिणाम आउँदा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबीच दरार आउने एमालेको विश्लेषण छ । यसो गर्दा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा रोक्न सकिने एमालेको बुझाइ छ । ‘भरतपुरसहित दुई सत्तारुढबीच विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन मतदाताले नै अप्राकृतिक हो भन्ने पुष्टि गरिसकेका छन्,’ एमाले सचिव योगेश भट्टराईले भने ।

४. ढिलाइले वामदेवका लागि सहज
संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया ढिलाइ हुँदा पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहज हुने र माओवादी केन्द्र सकारात्मक बन्नासाथ जित्न सकिने एमालेको विश्लेषण छ । देउवा प्रधानमन्त्री बन्दा दोस्रो चरणको निर्वाचन प्रभावित हुन सक्ने विश्लेषणमा पनि एमालेको भित्री रणनीति सकभर संसद् सुचारु नहोस् भन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका