May 3, 2017

निर्वाचनमा ८० हजार सुरक्षाकर्मी

बैशाख २o, काठमाडौं – आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा म्यादी प्रहरी गरी ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले बताए ।

प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीका अनुसार २५ हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएका छन् । यस्तै, नेपाली सेनाले पनि निर्वाचन सुरक्षाका लागि सैनिक परिचालन भएको नेपाली सेनाले जनाएको छ ।

३४ जिल्लामा सुरक्षाकर्मी परिचालित
पहिलो चरणअन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । तीनवटै प्रदेशको २८३ वटा स्थानीय तहमा सुरक्षाकर्मी खटिएका छन् । तीनवटै प्रदेशमा करिब ५० लाखको हाराहारीमा मतदाताको संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । तीन प्रदेशमध्ये १३ वटा जिल्ला ३ नम्बर प्रदेशमा रहेको र सबैभन्दा बढी मतदाता पनि यही प्रदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका